हिउँदको सिरेटोमा होस् या
मुसलधारे बर्खाको बखत
प्रेमबाट बन्चित
कठ्याङ्रीएको को मेरो कलिलो मन
आकाशलाई ओढेर
हरेक रात
बुन्दै सायदै पूरा हुने सपनाहरु
लूटपुटिन्छु म धर्तिको काखमा
अनि सोचिदिन्छु
केवल सोचिदिन्छु
कति महँगा मेरा सपनाहरु
सायद हैसियत नहोला मेरो
यिनलाई पूरा गर्ने!
अनि बिउँझदा उही यथार्थ
फेरि यथार्थलाई काधमा बोकेर
निस्किन्छु नित्य कर्मतर्फ
हरेक दिन
डुल्छु
हरेक गल्ली,सडक
अनि कहलिन्छु "खाते"
उनै भद्रभलाद्मिद्वारा
जो रातदिन घोकाउछन्
सन्सारलाई
मानवताका कठिन पाठहरु
कठै मानवता!
जो सिमित छन्
फगत पाठ भित्र!
No comments:
Post a Comment