उ पुरै लागि परी मेरो शरीरमा आफ्नो हवस् मिटाउन । फाली मलाइ बेडमा र मेरो माथी चढेर मेरो कपडा निकाल्नु थाली । मेरो सर्ट खोलेर फाले पछि मलाइ होस आयो । म हतपत उठेर त्यहा बाट भागे । तर उ एउटी जङ्गली सिँह झै मलाइ लखेट्नु थाली ।
को हौ तिमी ? किन मलाइ यस्तो गरेको । मलाइ माफ गरिदेउ यदि मैले तिम्रो केही बिगारेछु भने । आइ एम सोरि । म उसकी अगाडी बिन्ति गरे । रोए । तर पनि उनी शान्त होला जस्तो मलाइ लागिनन् । उसले सँभोग को याचना गरि । त्यसपछि म उसको साथ दिए । अनि रोमान्स गर्नु थाले । रोमान्स गरि सके पछि उ अलि शान्त भइ । मैले फेरी सोधे । को हौ तिमी ? भन मलाइ । हेर मेरो आखा , तिमी आफै थाहा पाउछौँ ! को हौ म ? र को हौ तिमी ? उनले भनि । म उसकि आखा मा हेरे ।
धेरै बर्ष अघि को कुरा हो ।
परी का बा त्यो गाउका एउटा मुखिया थिए । र उसकै घरमा मेरो बा काम गर्नु हुन्थ्यो । त्यो घर मा कयौँ बर्ष देखि कुनै सन्तानको जन्म भएको थिएन । उसकी बाबा ले धेरै यज्ञ पुजा पाठ गरे । थुप्रै हस्पिटल मा चेक गराए । कयौं मन्दिर घुमे । त्यै पनि कुनै सन्तान जन्मेनन् । अन्त त; उहाले पुरै गाउमै ठुलो पुजा गर्नु भयो र पुरै गाउँ कै मान्छेलाइ भोज ख्वाउनु भयो । त्यसपश्चात उहाको घर मा एउटी छोरी की जन्म भयो । उसकै नाम थिइ परी । एउटै सन्तान भएकाले छोरी की हेरचाह , पालनपोषण मा कुनै कमी राख्नु भएनन् उसकी बा आमा ले ।
त्यति बेला म पाच बर्षको थिए । जब परी दुई बर्ष कि थिइ । मेरो बा सधै उसकी घर मा काम गर्नु जानू हुन्थ्यो । त्यै लखरलखरमा एक दिन म पनि बा सँग गए । उसकी घर । म उसकी घर पुग्दा उ आगन मा बसेर खेल्दै थिइ । एक्लै । मलाइ खुबै प्यारी लागि उ । त्यसैले म पनि उसँग खेल्नु थाले । हामी खेल्ने बेला मा परी कि बा ले मलाइ देख्नु भयो । अनि मेरा बा लाई सोध्नु भयो । को हो यो केटा ? । मेरो छोरा मेरो बाले उतर दिनु भयो । ए यत्रो ठुलो भयो ! ल अब देखि यसलाइ यतै राख्देउ , मेरो छोरीलाइ एउटा खेल्ने साथी पनि भेटिन्छ र तिम्रो छोरालाइ पनि हामी नै हेरचाह गरि देउला उहाले मेरा बालाइ अादेश दिनु भयो ।
त्यसदिन देखि म परी सँगै बस्नु थाले । परी कै घरमा । हामी सँगै पढ्थ्यौ । घर मा सँगै खेल्थ्यौ । कहिले काहीँ हामी बिच स-साना झग्डा पनि हुन्थ्यो । त्यसतो बखतमा परी कि बा आएर हाम्रो फैसला गरि दिनु हुन्थ्यो ।
यस्तै दिनहरू बित्दै गयो । म दस बर्षको भए र उ सात बर्ष कि । एकदिन परी आफ्नो आमा सँगै अन्तै कतै जाने भइ । मलाइ निकै नरमाइलो लाग्यो । म एकान्त मा बसेर खुबै रोए । उ मलाइ रोएको देखेर सोधी । किन रोएको , म चाडै फर्कि हाल्छु । मलाइ उसँग बस्ने बानी भइसकेको थियो । त्यसैले उ एकछिन पनि टाढा बस्दा कयौं बर्ष बिते झै लाग्थ्यो मलाइ । मैले भने नजाउन मेरो लागि । उसले मलाइ एउटा सिक्का दिई । र भनि तिमी चिन्ता नगर । जब तिमी यो सिक्कालाइ हेर्छौ , म तिमी सँगै हुन्छु । त्यस पछि मैले जाने अनुमति दिए । र उ आफ्नो आमा सँग बाहिर गई ।
अर्को दिन म अागन मा बसेर त्यै सिक्का लाई हेरिरहेका थिए । उसले चिनो जो दिएकी थिइ । मलाइ उसकी धेरै याद आउदै थियो । अचानक उसकी बाले मलाइ देख्नु भयो त्यो सिक्का सँग खेलेको । अनि मेरो नजिक आएर सोध्नु भयो । त यो सिक्का कहाँ बाट ल्याइस् उसकी बाले ठाडो बोलीमा सोध्नु भयो । म अवाक भए । यो सिक्का मा के छ र ? त्यसतो किन रिसाएका होलान् । मेरो हात बाट सिक्का खोसेर मलाइ चोर भन्नु भयो । मैले रुदै भने मैले चोरेको होइनन् । अनि कहाँ बाट ल्याइस् भन उहाले फेरी सोध्नु भयो । मलाइ परीले दिएको भन्नु मन लागेन । त्यसैले म मौन बसे । मेरो बा लाई बुलाएर । उहाले भन्नु भयो । लैजा तेरो छोरा लाइ , अब देखि यस्को छाया पनि नपरोस् यो घरमा । त्यसपछि म सधैको लागि टाढा भए । परी र त्यो घर बाट ।
जब बा घर फर्किनु हुन्थ्यो । सधै म उहालाइ सोध्थे । बा , परी आइन कि नाइ । तर उहाले छैन भन्नु हुन्थ्यो । दैनिकी मेरो यस्तै क्रम चल्नु थाल्यो । बा आउनु साथ म त्यै प्रश्न सोध्थे । तर उहाँ सधै निरास भएर छैन भन्नु हुन्थ्यो । यस्तै गरि एक हप्ता पछि मैले फेरी सोधे । तर यो पल्ट बाको आखा मा टिलपिल आसु बग्नु थाल्यो । बा का अवस्था देखेर म निकै चिन्तित भएर सोधे । बा के भयो ? । उहाले मलाइ अँगाल्दै भन्नु भयो । अब परी छैन छोरा । म पुरै आश्चर्यचकित भएर सोधे । अनि कहाँ गएकी छे त ? । सबै लाई छोडेर भगवान को घर उहाले भन्नु भयो । म छक्क परे । हजारौं फिट माथी बाट खसे झै भए । जहाँ बाट एकैपटक मा हजारौं बर्ल्याङग् खाए झै लाग्यो ।
क्रमश......
No comments:
Post a Comment