यदि तपाँइलाइ प्रत्यक दिन नयाँ प्रेम कथा पढन मन लाग्छ भने यहाँ क्लिक गर्नुहोस अथवा हाम्रो मोबाईल एप डाउनलोड गर्नुहोस।

Friday, March 31, 2017

परी " A romantic love Story " Part ;- 13

उसले मलाइ वास्ता नगर्दा पनि म उसलाइ वास्ता गर्थे । एकदिन उ लाइब्रेरी गई । त्यो बेला म टाइलेट गएको थिए । क्लासमा फर्किदा । उसलाइ देखिन । म निकै आतिए । कहाँ गएकि होली । मन यसै भयभित भएर आयो । पछि के के नसोचेर क्लास का सब जना लाई सोध्नु पुगेछु । उ कहाँ गई भनेर । मैले ज-जसलाइ सोधे। सब जना छक्क परेका थिए । सायद परी कि बिषय मा मैले बढी चासो दिएर होला । हो उसकी नाम प्रिया भए पनि मलाई उसमा परी देखिन्थ्यो । जो बर्षौ पहिला म सँग छुटिएको थियो।।

सुरु का दिन जब मैले उसलाइ देखेथे । साला रातभरी निदाउन सकिन । मलाइ रात भरी भुतका ती कुराहरू याद आइ रहियो । त्यो घर । त्यो परी । त्यो रोमान्स । सब थोक । मलाइ लाग्यो कि । त्यो जुनी मा हाम्रो मिलन हुनु नसकेर होला । भगवानले हामीलाई यो जुनी मा पाउने अवसर दिएका छन । त्यसैले प्रियामा म परी देख्थे । र उसलाइ पाउने चाहना मेरो मन मा बढिरहेको थियो ।

परी लाइब्रेरी बाट फर्किदा । पक्कै उसकी साथीहरूले उसलाइ मेरो बारेमा भनेको होला । तर पनि किन हो । उसले मलाइ केही भनिन । सदा को झै मेरो अगाडी मौन नै हुन्थी । उ क्यान्टिन जादा नी म उसलाइ पछ्याउथे । हल्का हल्का फर्लट गर्थे । तर न त उ रिसाउथी , न त पटथी । किन होला । म आफैलाइ प्रश्न गर्थे ।

करिब दुइ महिना जति भएको हुदो हो ।।
मलाइ कलेज जानै मन लागेन । उसकी कारनले मेरो पढाइ पनि चोप्पट भएका थिए । पढनु भन्दा बढी उसैलाइ सम्झेर  कलेजमा मेरो समय कटाइन्थ्यो । मलाइ के लाग्नु थाल्यो भने । म बेकारमा उसलाइ टचर गर्दैछु । डिस्टर्ब गर्दैछु । म हार खाए । अब हुदैन म बाट यस्तो । होस् हाम्रो मिलन नहोस । बालै भएन । र पनि म यो भर्चयुल युग को मान्छे न हो ! मलाइ किन बिथ्थामा पुरानो सँसारको परम्परा निभाउनु पर्यो ।

दुई दिन सम्म म कलेज गएन । तेस्रो दिन त मनै ले मानेनन् । सोचे म के का लागि कलेज छोडिरहेको छु । परी का लागि कि प्रिया का लागि । त्यसै त उ मसँग बोल्दिन । ल ठिकै छ त । म उबाट टाढा जानू मा उसैले अझ बढी सहयोग पुर्याउदैछे । होस म कलेज जान्छु तर उसँग बोल्दिन । उसलाइ टचर गर्दिन । मनमनै अठोट गरे । अनि लागे म कलेज । अलि चाडै पुगेथे । क्लास खाली खाली थियो । त्यै पनि म आफ्नो ब्याग ब्याकबेन्च मा राखे । अनि कलेजका प्राङ्गणमा एकछिन घाम ताप्न गए । केही बेर पछि समय हेरे । क्लास लाग्ने समय भएछ । अनि कुदेर फटाफट क्लासमा फर्के । क्लासमा फर्किदा हेरे । परी मेरै बेन्चमा बसेकी थिइ । सधै म उसलाइ पछ्याउथे । आज उ मलाइ पछ्याउदैथे । अनौठौ लाग्यो ।

बसे आफ्नो बेन्चमा । डेक्स मा एउटा कागज को सानो टुक्रा राखेथियो । खोलेर हेर्दा लेखेथ्यो । दुई दिन सम्म कहाँ हराको ? । दायाँ हेरे बायाँ हेरे । को होला यो कागज राख्ने । दुई चार जना साथीलाइ सोधे पनि तर कसैले आफु राखेको बताएन । अनि लाग्यो परी ले नै राखे होला । तर सोचे हया होइन । जाबो उ मसँग बोल्नु यति भाउ खान्छे भने मलाइ कागज लेखेर दिने प्रयास किन गर्ली ?

ब्याग लिएर म अर्को बेन्चमा सरे । उ भने आश्चर्यचकित भावले मलाइ हेर्दै थिइ । त्यै पनि मलाइ खासै मत्लब भएन ।  म उसलाइ पछ्याउनु छोडिसकेथे । तर उ भने मलाइ सुनाइ सुनाइ आफ्ना साथीहरूलाइ म लाइब्रेरी , क्यान्टिन जादैछु भन्दै थिइ । जहाँ सुकै जाअोस् । आइ डन्ट केअर भनेर म फुल पिरेड क्लास मै बसे । किताब लाई हेरेर । अर्को दिन म भरखरै कलेज आएको थिए । अचानक मलाइ कुनै केटीले गुड मर्निङ भनेको सुनियो । म पछाडी फर्केर हेर्दा परी पो थिइ । मलाइ पत्याउन गाह्रो भयो । उसले मलाइ गुड मर्निङ भन्नै सक्दैन । सायद अरू लाई भनेकी हुनु पर्छ । दायाँ बायाँ घुमेर हेरे कोइ थिएन । अनि बिश्वास भयो । उसले मलाइ नै भनेकी रहेछे । मैले आफु तिर इसारा गर्दै मि भनेर सोधे । उ मेरो नजिक आएर एस भनि । मैले नि गुड मर्निङ भनिदिए । उ म तिर हात बढाउदै फ्रेन्ड ? भनि । यो के भएको हो ? आज कसरी सुर्य पश्चित बाट उदायो मनमनै सोचे । उसले फेरी भनि हेलो । म झस्याङ भए । अनि उसको हातमा आफ्नो हात मिलाउदै फ्रेन्ड भने । उ हल्का मुस्कुराइ । बदला मा मैले नी मुस्कुराइ दिए ।।

रहस्य जान्नु थियो यत्रो परीवर्तन को सोधे । के भयो अचानक आज ? तिम्रो टाउको मा चोट लागेछ हो ? । नाइ उसले सुस्केरा तानेर भनि र किन भनेर  प्रश्न फर्काइ । होइन , कतै ठोकिएको जस्तो लाग्यो नत्र पहिला कहिले नबोल्ने मान्छे आज आफै फ्रेन्ड बन्नु आइकी रहेछे , अनौठौ लाग्यो मैले जिस्काउदै सोधे । के रे ? हेपेको मलाइ ? उनले च्याठिदै सोधे । तिमीलाइ अहिले थाहा भयो ? मैले हास्दै भने । उ पनि हासी । र भनि मलाइ आफै थाहा छैन । अचानक मलाइ के भयो ? बस् मन ले भन्यो तिमी सँग फ्रेन्डिस गर्नु । त्यसैले गरे । अरू केही होइन ।

क्रमश......

No comments:

Post a Comment