यदि तपाँइलाइ प्रत्यक दिन नयाँ प्रेम कथा पढन मन लाग्छ भने यहाँ क्लिक गर्नुहोस अथवा हाम्रो मोबाईल एप डाउनलोड गर्नुहोस।

Sunday, March 26, 2017

परी"A romantic love Story " Part :- 4

<b>
ढकढकाए ढोका तर मरी गए कसैले खोलेनन् । लगातार ढकढकाइ रहे । तर पनि कसैले ढोका खोल्ला जस्तो लागेन् । मन अझै ब्याकुल भयो । चिस्याहट अझ बढ्दै गयो । त्यै पनि ढोका ढकढकाइ रहे । पछि थाहा पाए ढोका त खुल्लै रैछ । हल्का खुसी हुँदै भित्र छिरे । भित्र अँध्यारो थियो । सायद बति गएको हुनु पर्छ । बढो सावधानी पुर्वक पाइला चाल्दै थिए । चार पाच पाइला चाले सकेपछि अचानक मेरो खुट्टा एउटा कुर्सी मा गएर ठोक्यो । अनि झ्यामै भुइ मै झर्यो ।
म डरले अझै थरथर काप्नु थाले । अब के हुने होला । कहि यो घरको मालिक ले मलाइ चोर सम्झी कुट्ने त होइन ? । म फेरी त्यहा बाट बाहिर निस्किनु थाले । अचानक को हो ? भनि केटीको स्वर प्रकट भयो । म टक्क अडिए । अनि आम्सिक मोड्दा । एउटी केटी देखियो हातमा मैनबती लिएर उभेकी थिइ । अनुहार प्रस्ट रुपले देखिन तर राम्री नै छे झै महसुस भयो ।
म आफ्ना नाम , ठेगाना , त्यहा आउनु को वाध्यता , उदेश्य खुल्ला रुप मा सुनाए उनलाइ । एकछिन मौन रही उनी । सायद मेरो थरथराएको अवाज उनलाइ एकछिन सोच्न बाध्य बनाएको हुनु पर्छ । मेरो अवस्था देखेर माया लागेको हुदो हो । भित्र आउन भनि उसले मलाइ । म भित्रै बाट खुसी भए । र उसलाइ धन्यबाद भनि उसकी पछि पछि लागे । उ मलाइ एउटा कोठा तिर लगी । र केही कपडा दिइन । म कपडा उठाए । उसले मलाइ बाथरुम देखाइ दिइ । म उतै लागे । अनि एकछिन पछि म बाथरुम बाट नुहाएर । फ्रेस भइ बाहिर आए ।
नुहाउने बेला मा पनि सोचि रहे । त्यै केटीको बारेमा । कति सिम्पल रैछे उ । एउटा अन्जान मान्छे लाइ यसरी घरमा भित्राइन । आदर गरिन । कपडा दिइन् । मानौं म उसकी लागि कयौं बर्ष देखी परिचित छु । मैले सोचेको पनि थिएन । कोइ कोइ मान्छे यस्तो पनि हुन्छ भनेर । मलाइ त खुबै मन परी उ । नत्र आजकल त भलाई को जमाना नै छैन । मान्छेहरू आफुले चिनेको मान्छे लाई घरमा भित्राउन एकछिन अल्लमल्ल मा पर्छन् । म त अपरिचित थिए । सायद उसकी मन नै लास्टै कोमल रहेछ । खुसी लाग्यो ।
खाना खानु भयो ? म फ्रेस भएर आएपछि उसले सोधी ।
म त केही बोल्नै सकिन । मलाइ त मात्र वर्षा बाट जोगिने अोत चाहेथ्यो । उ त लोकाचारी पो देखाउनु थाली । म एकछिन उसलाइ नै हेरिरहे । मैले केही नबोलेको हेर्दा । उ आफै बोली । ल आउनुस् म त्यहा टेवुल मा राख्देको छु । म लुरु लुरु उसको पछि लागे । उसँग जादा । एउटा डाइनिङ हल जस्तो बनाएको कोठामा पुगे । उ एउटा कुर्सीमा बसेर मलाइ बस्नु अाग्रह गरी । म बिस्तारै कुर्सी मा बसे । आफुले गर्दा कुर्सी टुट्ला भन्ने कुरामा सचेत पनि भए ।
भात , रोटी र तरकारी एउटा थाल मा राखी मेरो अगाडी सारी दिई उसले । मलाइ त लाज ले कतै लुकु जस्तो लाग्यो । आज सम्म कुनै केटीले मलाइ यसरी लोकाचारी देखाएकी थिइनन् । उसकै अनुहार तिर एकछिन टोलाइ रहे । मैले नखाएको चाल पाउँदा उसले भनि । मैले अघि नै खाइ सके , हजुरले खादा हुन्छ । मलाइ पनि भोक लागेको थियो । खाना खानु सुरु गरे म । कतै मुख बाट केही झर्ला कि भन्ने डरले सतर्क भइ खाइ रहे । जिबनमा पहिलो पटक यति सावधानी पुर्बक खाइ रहेका थिए । मानौ मलाइ हेर्नू बेउली पट्टि का मान्छेहरू आएका रहेछन् । जसको अगाडी केही गडबड हुदा मलाइ रिजेक्ट गर्छ होला ।
किन नबोल्नु भएको ? मैले नबोलेको चाल पाउँदा उसैले सोधी । हह् ! निकै आतिएको स्वर निस्कियो मेरो मुख बाट ।
के भयो ? उनले फेरी सोधी ।
घरमा अरु कोइ छैन ? मुखबाट यसै फुत्कियो । हो जब देखि त्यो घर भित्र छिरे मलाइ केही अनौठौ जस्तो लाग्यो । अनौठौ ठाउमा घर । छेउछाउमा केही नभएको । र यति ठुलो घरमा नी ती एउटी केटी बाहेक अरू कोइ देखिन । मलाइ त्यै कुरा ले सताइ रहेका थिए । केही त पक्कै गडबड भएको हुनु पर्छ ।
बाबा आमा बाहिर जानू भएछ ? उसले भनि । केही दिन पछि मेरो परीक्षा छ । त्यै भएर मलाइ जानू दिनु भएन ।
बल्ल ढुक्क भए ! अनि कति मा पढ्नु हुन्छ र ? मैले सोधे ।
एघार मा उसले भनि ।
ए सोरी मैले त तपाईं को नाम सोध्नै बिर्से । साच्चै तपाइको नाम के रे !
उ हल्का हासी । मलाइ उसको हासो मन पर्यो । हास्दै परी भनि उनले । साच्चै तपाईं परी हुनु हुन्छ मैले सोधे । होइन हउ , मेरो नाम परी छ भनेको के उनले हास्दै भनि । राम्रो लाग्यो मैले भने । के ? उनले सोधि । तपाइको नाम मैले भने । उ हल्का दात देखाएर जोरले हासी ।

No comments:

Post a Comment