खै के भनेर सम्बोधन गरुँ तिमिलाइ ? हिजो सम्बोधन गर्ने सारा अधिकार हरु गुमाइ सकेको छु । तिम्रो नजरमा झरिसकेको छु ! त्यसैले त आज तिम्लाइ सम्बोधन गर्ने कुनै शब्द भेटिन ।
तिम्लाइ त लाग्छ होला म तिमी बिना नै खुशी छु ! अह त्यो कदापि हुन सक्दैन , मैले त मात्रै समय संग चल्न सिकेको हु ! ओठ मा मुस्कान लिएर हिड्ने सबै खुशी कहाँ हुन्छन र ! छाती भरी सहन नसक्ने पिडा भएर त आजकल सधैं मुस्कुराउने बाहाना खोजिरहेको छु ।
लाग्छ होला मैले तिम्लाइ गर्ने माया झुट थियो ! तर होईन म त तिम्लाइ सच्चा दिल देखि नै माया गर्थे ,मेरो जिन्दगीमा कुनै यस्तो परिस्थिति आएको थियो कि म तिमी देखि चुपचाप टाढा हुनु पर्ने थियो । त्यसैले तिमी देखि टाढा गए ! तर तिमी देखि जति टाढा गए पनि तिम्रो याद देखि कहिले टाढा जान सकिन र जान पनि चाहन्न यो पुरै जिन्दगी तिम्रै याद मा बिताउन चाहन्छु ।
भन्ने कुरा त धेरै थिए तर लेख्न सकिन किनकि मैले लेख्ने हरेक शब्दमा मसि भन्दा बढी आँसु प्रयोग गरेको छु ।
हुन त तिम्लाइ केही भन्ने अधिकार छैन मलाई तर पनि म चाहन्छु तिमी मलाई बिर्सिएर बाच , दिल खोलेर हास, । अब हामी फेरि एक हुन त आकाश को जुन टिप्नु बराबर भैसकेको छ । जुन कहिले सम्भब छैन ।
म तिम्रो नजरमा धोके बाज बनेको छु तर मैले तिम्लाइ धोका दिएको होइन मेरो आफ्नै बाध्यता थियो त्यसैले तिमी देखि दुर गएको हु । यदि धोका नै दिएको थिए भने आज पनि तिमी रुदा पिडा मलाई किन हुन्थ्यो ? तिम्रो याद आउँदा आँसु किन झर्थ्यो ? बिश्वास छ तिम्ले मलाई र मेरो बाध्यता लाई बुझी दिने छौ । यदि बुझेनौ भने पनि म कहिले गुनासो गर्दिन किनकि मेरो के बाध्यता थियो म तिम्लाइ कहिले खुलाउन सक्दिन ।
आसा छ ,,
अब तिमी म बिना नै खुशी हुने कोशिस गर्नेछौ ।
मलाई बिर्सिएर बाच्ने कोशिस गर्ने छौ ।
समय संगै चल्न सिक्ने छौ ।
यो भन्दा बढी लेख्ने हिम्मत जुटेन त्यसैले अब यो लेख लाई सदा सदा को लागि बन्द गर्दै छु ।
No comments:
Post a Comment