यदि तपाँइलाइ प्रत्यक दिन नयाँ प्रेम कथा पढन मन लाग्छ भने यहाँ क्लिक गर्नुहोस अथवा हाम्रो मोबाईल एप डाउनलोड गर्नुहोस।

Friday, February 3, 2017

Love Seasons full love Story in Nepali language

Love Session
मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे ।
म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो ।
हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो ।
म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्षामा कहिले काहिँ सरले श्री लक्ष्मीप्रसाद देवकोटाको भनाइ " मानिस ठुलो दिलले हुन्छ जातले हुदैन " भन्ने पढाउने गर्नु हुन्थ्यो । खोई आफ्नै कक्षामा साथीहरूले यत्रो ठुलो लेखक ज्यु को भनाइ लाई कसैले लागू नै गर्दैन्थे ।
म पनि आश्चर्य हुन्थे आखिर मेरो शरीरमा त्यसतो के छ र ? , जुन उनीहरूले मलाई देखेर साइड लाग्छन । म पनि त उनी जस्तै मान्छे हु , मेरो शरीरमा जति अँगहरू छन उसको शरीरमा पनि त्यति नै छन ।।
खैर इ सब कुरा हाम्रो समाज मा जातिय भेदभाद , छुवाछुतको नामले प्रसिद्ध थिए । मैले इ सब प्रथा हटाउनु कोसिस गर्थे तर खासै केही सुधार हुन सकेन ।
म कक्षामा 12 मा पढ्थे । आफ्नो कक्षाको सबै जना साथीहरूलाई प्रेम मा परेको देखेर म छक्क पर्थे । खइ मेरो प्रेम कहिले पर्छ सोचेर चिन्तित हुन्थे , मेरो एउटा साथी रोहित थियो उ एउटा दलित जातको थियो । एक दिन मैले रोहित लाई मेरो प्रेम कहिले पर्छ सोध्दा तिमी पण्डित छौ , तिम्रो जात मा प्रेम गर्ने अनुमति छैन भने । यो कस्तो खाले परम्परा छ र ? पण्डितहरूले प्रेम गर्नु नपाउने । मैले भने ह्या पण्डित हरू मा के हुन्छ र त्यसतो ? जुन प्रेम गर्नु पनि नपाउने , बरु भन न यो प्रेम कसरी र कहिले हुन्छ । रोहितले भने प्रेमको एउटा मौसम हुन्छ जसलाई लभ सिजन भनिन छ , जब मान्छेको जिवनमा लभ सिजन आउँछ , उ आफै प्रेम मा पर्दै जान्छ ।
मैले रोहितलाई सोधे यो लभ सिजन कहिले आउछ र ? , उसले भने लभ सिजन कसैलाई सोधेर आउदैन , उ आफै आउने गर्छन । त्यै पनि केटाहरू 18 बर्ष र केटीहरू 16 बर्ष कि भएछ पछि प्राय लभ सिजन आउने गर्छन ।
मैले आफ्नो जन्मदिन हेर्दा 18 बर्षमा अझ मेरो केही दिन बाकी थियो । सधै म आफ्नो जन्मदिन लाई हेर्ने गर्थे र सोच्थे छिटै मेरो 18 बर्ष पुगोस र मेरो जीवन मा लभ सिजन आअोस । जे भए पनि माया कस्तो हुन्छ भन्ने कुरा बुझ्नु को लागि म यति मै उत्साहित थिए ।।
ठ्याकै दसै परेको पहिलो दिन नै मेरो 18 बर्ष पुग्यो । म एकदमै खुसी भए कि अब मेरो जिवनमा पनि लभ सिजन आउने भयो तर मेरो 18 बर्ष पुगेको 6 दिन हुदा पनि खई मेरो त कसै सँग प्रेम नै परेन । म चिन्तित भएर रोहित लाई गएर सोधे अोई मेरो 18 बर्ष भएको 6 दिन भयो खोइ त लभ सिजन आएको ? ।
उसले हास्दै भने मैले त मात्र ठट्टा गरेको ।
मलाइ रोहित माथी एकदमै रिस उठ्यो । कहिले लभ सिजन आउछ भनेर म सधै राती सुत्दैन्थे र सधै कुनै केटी सँग मेरो पनि प्रेम परेको सपना देख्ने गर्थे । सपना एकदमै रमाईलो हुन्थ्यो, सधै त्यो सपनाहरू कहिले विपना बन्छ भनेर म भगवान सँग प्राथर्ना गर्थे ।
म त्यहा बाट निरास भई घर फर्के । अर्को दिन दसै परेको सातौ दिन भएको थियो । दसै पर्बमा हाम्रो गाउँमा मा सधै मेला लाग्ने गर्थे । त्यै भएर म पनि गाउँ को मेला हेर्नू गए । मेला मा हेरे थुप्रै जोडि हरू सँगै हजारौं मान्छेहरू अोहर दोहर गर्दै थियो । मैला भरी मान्छेहरूको , गाडी साधनहरूले गर्दा हो हल्ला हुँदै थिए । मेलामा हजारौं राम्री केटीहरूलाई हेर्दा मनमा एक खुसी को लहर छाएको हुन्थ्यो तर उनीहरूले मलाई हेरेर पनि नहेरे झै गर्दा मन एक दमै चिन्तित हुन्थ्यो । म धेरै निरास भए , सोचे सायद मेरो कहिले प्रेम पर्दैन होला ।
Love Session " Part 2"
मेला को एउटा कुना मा भगवती श्री दुर्गा माताको एक विशाल मन्दिर बनाएका थिए । मैले हेरे मन्दिर को छेउमा दुर्गा माताको दर्शन गर्नुको लागि भक्तजन हरूको थुप्रै भिड थियो । भन्छन यो दसैको बेलामा श्री दुर्गा माताको दर्शन गरि जे माग्दा , उहाले पूरा गर्नु हुन्छन रे । तर म पण्डित भए पनि मलाई भागवान माथी खासै बिश्वास लाग्दैन्थे । म सोच्थे यो पथ्थर को मुर्तीमा त्यसतो के हुन्छ र , जुन सबै भक्तजनहरूले हेर्नुको लागि यति तडपिएका हुन्छन । सानै देखि मेरो बाबाले मलाई ठुला ठुला ग्रङथ दिएर भन्नु हुन्थ्यो कि यो ग्रङथहरू मा हाम्रो भगवानको जिवनीहरू रचना गरिएका छन तर म सोच्थे यो ग्रङथहरू त मान्छेले नै लेखाएका थिए त्यसैले त्यो लेखने मान्छेहरूले भगबानलाई कसरी देखेर उहाहरूको जिवनी रचना गरेका थिए । यस्तै म आफ्नो मनमा भगवान प्रति विभिन्न प्रश्नहरू खेलाउथे ।
सबै भक्तजनहरू लाई बिश्वास थियो कि साच्चै त्यो पथ्थरको मुर्तीमा भगवान हुने गर्छन ।
त्यै भएर म पनि एक छिनो आशा का साथ त्यत्रो भक्त जनहरूको भिडमा पनि श्री दुर्गा माताको दर्शन गर्नु गए । म दुर्गा माताकी मुर्ती को छेउमा गएर दुई हात जोडी आखा बन्द गर्दै श्री दुर्गा मातालाई कोेटी कोेटी प्रणाम गर्दै , मेरो पनि जीवनमा लभ सिजन छिट्टै आअोस भनेर मनमनै श्री दुर्गा माता बाट अपेक्षा राखे ।
त्यतिकै मा मेरो नाकमा कुनै केटी को परफ्युम को सुगँध आयो । म आखा खोलेर हेर्दा एउटी सुन्दर कोमल अनुहार भएकी , आखामा गाजल , अोठमा रातो लाली , कालो पोशाकमा सजिएकि एउटी स्वर्ग कि परी जस्तै केटी आखा बन्द गरेर भागबानलाई दुई हात जोडी ढोग्दै थिई ।
त्यो केटीलाई हेरेर मेरो मनमा भगवान प्रति भएका ती प्रश्नहरू एकाएक नष्ट भए । साच्चै नै ती पथ्थरको मुर्ती मा भगवान रहेछन । म एकदमै खुसी भए , भगवान प्रति मेरो बिश्वास अरू भन्दा नि बढयो । दुर्गा माताले मेरो पुकार एति छिटो सुन्नु हुन्छ भन्ने मैले कहिले सोचेको पनि थिएन । मैले फेरी आखा बन्द गर्दै मातालाइ ढोग्दै धन्यबाद भनेर आखा खोल्दा त्यो केटी तर्फ हेर्दा उनी त्यहा थिएन ।।
उनी कहाँ गई होली सोचेर मन एकदमै बिचलित भयो । म मन्दिरको भीड बाट निस्किदै त्यो केटी लाई खोज्दा कतै भेटेन । मेलामा थुप्रै केटीहरूले कालो पोशाक लगाएकी थिई मैले त्यै केटालाई सम्झेर कालो पोशाक लगाएकी सबै केटीहरू लाई बोलाए उनी भेटिन तर केही केटीहरूले मलाई गाली गरिन र केही केटीहरूले मेरो गालामा थप्पडको चट्कन बर्साएर गईन । जिबनमा पहिलो चोटी म यति धेरै गाली र कुटाई खाएका थिए त्यो पनि अन्जान केटीको लागि । अचानक उनी मेरो जिवनमा मधुमास झै आएर हावाको लहर झै बनेर फर्कीन ।
दिन भरी म मेला मा उनीलाई खोजि रहे तर उसकी केही पतो नलाग्दा मन एकदमै बिचलित भयो । मात्र 1 मिनेट उनीले आफ्नो सुमधुर अनुहार देखाएर मेरो मुटुलाइ चोरी बेचेनी छोडि दिईन । उनी मेला मा नभेट्दा म घर फर्के ।
रात भरी उसकी अनुहार को दृश्य मेरो आखामा स्तम्भ बनि देखिरहियो । सपना मा पनि उनी मात्र थिईन खई कस्तो जादु गरेर गइन , न त उनी बिना निन्द्रा लाग्यो , न त दिमागले उनी बिना अरू कसैको बारेमा सोच्नु सके । जे भए पनि उनी लाई देख्दा मन भित्र एक अनौठौ नसा छाएको थियो सायद यसलाई नै लभ सिजन भन्छन होला ।
अर्को दिन उनी फेरी त्यो मन्दिरमा आउछिन सोचेर एक छिनो आशा लिई फेरी मन्दिर मा गए । मन्दिरमा आउदै गरेको भक्तजनहरूको अनुहार प्रष्ट रुपले देख्ने गरि मन्दिरको साईड मा भएको एउटा घरको छानामा गएर बसे । कुनै कालो पोशाकमा आएकी केटीलाइ देख्दा उनी नै होली भनेर म छाना बाट अोर्लिदै उसकी नजिक गएर हेर्थे तर उनी नहुदा मेरो हालत अझ बिजोग हुँदै गयो । उनीलाई हेर्ने आशामा खई त्यो दिन न त भोक लाग्यो , न त एक थोपा पानीको प्यास लाग्यो ।
बिहान 6 बजे देखि राती 8 बजे सम्म म त्यै छाना मा बसिरहे । त्यै पनि उसकी कुनै यतो पतो लागेन , फेरी मनमा निरासा का साथ म घर फर्के घर पुग्दा आमा बुाबाले के भयो किन तेरो पेट खुम्चिएको छ भन्नु भयो । सोचे सायद भोक र तिर्खाले पेट खुम्चिएका थिए होला । मैले व्रत बसेको छु भन्दै बहाना बनाउनु खोजे तर आमाले भन्नु भयो यो कस्तो खाले व्रत हो र ? बिहान त चिया खाएर गएको थिइस नी ? । टाउको मा हात राख्दै सोचे ला म त चिया खाएको कुरा बिर्से , मैले बहाना बनाएको आमा ले थाहा पाई सक्नु भयो । म चुपचाप उभिएर तल सिर गर्दै आमाको कुरा सुनिरहे , उहाँ ले भन्नु भयो बढी नाटक नगर , आईज भित्र खाना राख्देको छु ।


Love Session " Part 3 "
मनमनै सोचे उनी कस्तो खालकी केटी रहेछे उनीले त मेरो सोच्नशक्ति को सन्तुलन नै बिगारेर गइन । सोचे बेकारमा किन त्यो अन्जान केटीको लागि आफुले टेनसन लिउ , उनीलाइ एकछिनको लागि म बिर्सि दिए ।
एकदमै भोक लागे थ्यो कोठा भित्र गएर दुई थाल भात खाए । त्यपसछि सुत्नु गए तर उनी फेरी मेरो सपनामा आएर सुत्नु नै गाह्रो बनाई दिएकी थिई ।
अर्को दिन फेरी सोचे सायद आज उनी आएकी होली त्यै भएर फेरी मेला जानू मन लाग्यो । मेला तिर जादा जादै खई यो मनलाई के भयो , मनले एक्कासी भन्यो बेकारमा किन त्यो अन्जान केटीको लागि त्यहा जादै छस , यदि उनी मेला आइ छैन भने फाल्तु मा अझ बढी टेनस्न हुन्छ त्यै भएर म आधा बाटो बाट फर्केर घर पुगे । करिब दुई घण्टा पछि मन मा उनीलाई हेर्ने खुलडुली भयो । अनि फेरी मेला तिर गएर मन्दिर कि छेउ मा उभेएर उसकी प्रतीक्षा गरिरहे । हिजो को जस्तै त्यो दिन पनि उनी नआउदा , मन भित्र उनी प्रति एकदमै रिस उठ्यो , सोचे ह्या फाल्तु मा म किन उसकी लागि टेनसन लिदै छु जसलाई मैले चिनेको पनि छैन ।
दुई दिन पछि दसै गयो र दसै सँग मेरो मन पनि त्यै केटीको पछाडी गएर हरायो । उनीलाई हेर्ने रहर थियो तर उनीलाई भेट्नु नसकेर मन एकदमै निरास भए ।।
एकदिन म आफ्नो कोठा मा बसेर किताब पढ्दै थिए । कसैले ढोका खटखटाए , आमा भित्र बाट आएर ढोका खोल्दा एउटी महिला थिईन । उहाले मेरो बाबा कहाँ छन भनेर सोध्नु भयो । आमाले बाहिर कामको सिलसिला जानू भएको छ भन्नु भयो । महिलाले चिन्तित हुँदै भन्नु भयो मेरो घरमा आज कुल देउताको पुजा छन , मैले पण्डित बाजे ( मेरो बाबा ) लाई दुई दिन पहिला नै आज को दिन मेरो घर आउनु भनेका थिए तर सायद उहाले बिर्सिनु भएछ , अब के गर्ने होला । आमाले भन्नु भयो तपाईं नआतिनु प्रेम छदै छ , उ तपाइको घर मा गएर पुजा गरि दिन्छ ।।
मलाई त जानू मन थिएन तर त्यो महिलालाई अतिधिक चिन्तित भएको हेर्दा उनी प्रति माया लाग्यो । मैले पनि हुन्छ भन्दै एउटा झोला मा केही किताब र पुजा गर्ने सामाग्रीहरू ईत्यादी लिदै आफ्नो साईकल मा चढेर उसकी पछि पछि लागे ।। अर्को गाउमा पुग्दा "महिला ले भन्नु भयो मलाई केहि काम छ , तपाईं अगाडीको बाटो तिर गएर गाउँको बिचमा जानू , त्यहा बच्चाहरू खेल्दै होला तपाईं सिजन कि घर कुन हो भनेर कुनै बच्चालाई सोध्नु , बच्चाहरूले तपाईं लाई मेरो घर देखाई देला ।
मैले हुन्छ भन्दै जानू थाले , जादा जादै म गाउको ठिक बिचमा पुगे मैले हेरे केही बच्चाहरू सानो भुटवल लिएर खेल्दै थिए । म साईकल बाट अोर्ले ती बच्चाहरूले खेल्दै गरेको फुलबल मेरो नजिक आयो । फुटवल मेरो तर्फ आउदै गरेको हेर्दा मैले जोर ले फुटबल लाई हानेर अलि पर पुर्याए । मैले एउटा फुच्चे लाई सोधे अोई सिजनको घर कुन हो ?
उसले आफ्नो अौलाले इसारा गर्दै भने उ पर भएको घर उसकै हुन ।
म साईकल लिएर त्यो घर नजिक पुगे । घरको ढोला खटखटाउदा कसैले खोलेन , म अातिए , उसकी घर बाट राँगाको दुर्गन्ध आउदै थियो । सोचे होईन म कस्को घरमा आई पुगे , खाली राँगा कै दुर्गन्ध आउदैछ , ढोका मा हेर्दा नेवार निवास लेखेको थिए । ला नेवारको घरमा पुजापाठ गर्नु पुगेछु भनेर म मनमनै सोच्दै थिए ।।
5 मिनेट सम्म त्यहा उभिदा पनि कोई आएन । त्यो दिन म नुहाउनु बिर्सेकोले पुजा गर्नु अघि नुहाउनु आवश्यक थियो । म आफ्नो आखा डुलाई घरको छेउछाउमा हेर्दा त्यहा कुनै धारा थिएन ।। म फेरी त्यो बच्चाहरू को नजिक जादा फेरी फुटवल आउदै गरेको हेरर फेरी जोरले त्यो फुटबल लाई हानेर एउटा घरको छाना माथी पुर्याए ।।
मैले त्यै बच्चालाई सोधे " अोइ धारा खोई ?
उसले ठासो स्वर मा भने " किन " ?
मैले भने " नुहाउनुको लागि !
उसले भने " यहाँ धारा छैन !
मैले सोधे " अनि तिमीहरू कहाँ नुहाउछौ ?
उसले ( अलि परको ठाउमा इसारा गर्दै ) उ पर भएको पोखरी मा नुहाउछु भने ।
मैले जाउ त म सँगै भनेर त्यो बच्चा सँग त्यो पोखरीको नजिक गए । पोखरी अलि ठुलो भएको हेर्दा मैले उसलाई सोधे यो कति गहिरो छ ? ।
उसले "गहिरो छैन , हामी सबै यस मै नुहाउछौ भनेर जवाफ दिए । मैले ल ल हुन्छ , अब त जा भने ।
उ त्यहा बाट गयो मैले आफ्नो कपडा खोलेर भगवानको नाम जपदै त्यो पोखरी मा हाम फाले । पोखरीमा हाम फाल्दा अ बोई पोखरी धेरै नै गहिरो थियो । त्यसमा नि मलाई पौडी खेल्नु आउदैन्थे । म बचाउ बचाउ भनेर धेरै चिच्याए तर त्यहा कोई आएन । म पौडी खेल्नु नसकेर छट्पटीदै थिए , म पौडी खेल्नु प्रयास गरे तर म अझ पानी कै गहिराई मा डुब्दै गए । मैले सोचे सायद यो मेरो अन्तिम दिन छ होला । पानी मेरो मुख भित्र जानु थाले मैले बिस्तारै बिस्तारै आफ्नो आखा बन्द गरे ।।

Love Session " Part 4 "
एकछिन पछि कसैले मेरो छातीमा एउटा ठुलो हथौड़ा ले हाने झै महसुस भयो । मेरो मुख बाट पानी सँगै र्याल निस्किदै थिए । मैले छटपटिदै शबाँस तान्दै आफ्नो आखालाई चिल्मिलाउदै बिस्तारै बिस्तारै खोल्दा एउटी केटीलाई मेरो अगाडी बसेकी हेरे । त्यो बेला मा म पुर्णले ठिक नभएकोले त्यो केटी को थिइन मैले राम्ररी हेर्नू पाएन तर उनीले मेरो टाउको आफ्नो घुडामा राखी मेरो पेट लाई थिचेर भित्र भएको पानीलाई मेरो मुख बाट निकाल्ने प्रयास गर्दै थिई ।
मेरो पेट भित्र भएको पानी निस्के पछि म आधा घण्टा सम्म त्यै आराम गरि रहे । जब मैले आखा खोलेर ती केटी तर्फ हेर्दा उनी त्यै मेला मा देखेको केटी रहेछे । म आश्चर्य भए जुन केटीलाई म यति दिन देखि खोज्दै थिए आज उनी नै मलाई मृत्यु बाट बचाएकी थिईन । मेरो जीवन नै उसकी कर्जदार भए , म उनी बाट अझै धेरै प्रभावित भए । म उठेर उनीलाई भने मलाई नया जीवन दिएको मा धेरै धेरै धन्यवाद । उसले भने " त्यसतो केही होईन , मैले तपाईं लाई डुब्दै गरेको देखेर बचाएकी मात्र हो , जन्म दिने र लिने काम भगवानले मात्र गर्छ ।
म उसकी स्वर र शब्द बाट उनी माथी धेरै नै प्रभावित हुँदै गए । उसले मलाई सोध्यो " सायद तपाईं यो गाउँमा नया हुनु हुन्छ , तपाईं को नाम के हो र यहाँ किज आउनु भएको ? । सोचे यदि मैले मेरो साचो नाम उनीलाई सुनाए भने साच्चै नै उनी मेरो नाम सुनेर हास्दै मेरो नामको खिल्ली उठाउँछन् होला । त्यै भएर मैले झुठो बोल्दै भने मेरो नाम लभ हो ( आखिर प्रेम लाई अँग्रेजीमा लभ नै भन्छन क्यारे ) , म यहा सिजन भन्ने मेरो एउटी साथीलाई भेट्नु आएको थिए । यो पोखरीलाई हेर्दा नुहाउनु मन लाग्यो तर यो पोखरी को गहिराइ यति धेरै छ भन्ने थाहा थिएन त्यै भएर डुब्नु लागेको थिए तर तपाईं ले मलाई बचाई म प्रति धेरै ठुलो उपकार गर्नु भयो । उसले छक्क परेको झै गरेर सोधिन तपाईं सिजनलाई चिन्नु हुन्छ र ? । मैले भने अह , उनी मेरो बच्चै देखि कि साथी हुन । मनमनै हल्का डर नि लाग्दै थियो कि सिजन उनी त छैन नी त्यै भएर मैले सोधे तपाईं को नाम के हो ? । उनी आफ्नो अोठलाई हल्का लम्बिआउदै जिब्रो लाई चटपटाउदै सिर्जना भनिन ।
उसले मलाइ सोधिन " तपाईं के गर्नु हुन्छ "
मैले भने " म +2 मा पढ्छु अनि तपाईं भनेर प्रश्न फर्काए । उनीले भने " म केहि काम नपाएर बाख्रा चराउने गर्छु "
म हल्का मुस्कुराउदै भने " के तपाईं लाई पढ्नु मन लाग्दैन र ? । उनीले हल्का लजाउदै भनिन " एस.एल.सी. मा दुई चोटी ? मैले बुझिसके उनीले एस.एल.सी. मा दुई चोटी फेल भएको भन्नु खोज्दैथे तर म उसकी खिल्ली उठाउछु सोचेर उनी प्रष्ट रुपले भन्नु खोजेन । म मनमनै हासे उसकी तर्फ हेेर्दा उनी पनि मीठो मुस्कान दिदै थिई । उनी मुस्कुराउदा उसकी गालाको बिच भागमा हल्का खुम्चिदै थिई । सोचे उनी डिम्पल वाली केटी रहेछे ।
उनीले मलाइ सोधिन " ठाउकोमा टुप्पी र जनेउ किन राख्नु भएछ , तपाईं पण्डित हुनु हुन्छ हो ?
मैले कुरा लुकाउदै आफ्नो Expression देखाउनु को लागि भने होईन यो आजकलको अाधुनिक स्टाईल हो ।।
उनी खिसिक्क हास्दै भने यस्तो पनि स्टाईल हुन्छ र ? ।
उनी हास्दा उसकी मीठो मुस्कानले मन भित्र गोली चलाउदै मन लाई नै छिया छिया गरेर राखे दिईन ।
उसले भनिन ल ल लभ ज्यु मलाई केही काम छ , समय भेटाए अर्को दिन भेटौला भन्दै उनी त्यहा बाट आफ्नो बाटो लागिन ।।
म पनि फेरी फर्केर बिच गाउँ मा गई सिजन कि घर गए । बाटो मै त्यो महिला भेटिन उहाले सोध्नु भयो अोहो पण्डित ज्यु उता कहाँ जानू भएको ?
मैले ( त्यो बिहान भेटेको बच्चा लाई इसारा गर्दै ) भने के भनु , त्यो बदमास पुच्चे ले मलाई आज मार्नु नै बनाएका थिए , धन्न भाग्य मेरो समय मै एउटी केटी आएर बचाए , नत्र अतिका बेला सम्म म परलोक पुगिसेको हुन्थे । ( नेवारको छोरा छोरी यती बदमास हुन्छ भन्ने कुरा मैले सोचेको नि थिएन )
त्यो महिला ले पुच्चेलाइ झपार्दै भन्नु भयो अोई तैले किन यस्तो गरिस । पुच्चेले सुक्कसुकाउदै रुदै भने यसले मेरो फुटवल लाई खुट्टाले हानेर त्यो घर को छाना मा पुर्याए दिए , अब मैले त्यो फुटवल लाई कसरी भुईमा झार्नु ।
( मनमनै सोचे सायद मैले उनीहरूको फुटवल फालिदिएको ले पुच्चेले रिस ले जानीजानी म सँग यस्तो गरेका थिए । यसमा गल्ति मेरै थियो किन बेकारमा उसको फुटवललाई हाने सोच्दै आफ्नो गल्तिको पछुतो गरे । )
महिलाले भन्नु भयो छोड दिनु ई कुरा , जाउ भित्रै गएर पुजा को कार्यक्रम सुरू गर्नु । मैले हस भन्दै उनी सँग पुजा गर्ने कोठा मा गए । त्यहा सबै कुरो मिलाई सके पछि सोधे पुजा मा को बस्छ , छिटै बुलाउनु त । महिलाले सिजन बस्छे भनेर सिजनलाइ बुलाउनु थाले । त्यसपछि सिजन भन्ने केटि मेरो नजिक आउदै थिई , उसकी अनुहार लाई हेर्दा म आश्चर्य भए उनी त मेलामा र पोखरीमा भेटेकी केटी पो थिई । मैले आफु नजिक बसेको एउटा पुच्चे लाई सोधे अोई उसकी नाम त सिर्जना हो नी ? । उसले भनिन हो तर आमा बुबाले उसलाई मायाले सिजन भनेर बुलाउने गर्छन ।


Love Session " Part 5 "
ल अब डुब्ने भयो जिन्दगी । म उसैलाइ नै भन्दै थिए कि म सिजन कि बच्चै देखीको साथी हु । म एकदमै बिचलित भए हल्का डर नि लाग्दै थियो मैले झुठो बोलेको कुरो थाहा पाउदा खै कस्तो प्रतिक्रिया दिन्छे होला । हुन त उनी भेटेसी झुठो बोल्नु पनि अलि बढी नै सिकि सकेका थिए । उसले आफ्नो नजरले मेरो तर्फ हेर्दा उनी हल्का मुस्कुराउदै मेरो छेउ मा बसे । मैले सोचे सायद उसलाई मेरो बारेमा पहिला देखी नै थाहा रहेछ किनकी उनी मलाइ अचानक आफ्नै घरमा आएको पण्डित भएको देख्दा छक्क पर्दै नराम्रो प्रतिक्रिया दिन्थे होला तर उनी ले त्यसतो केही गरेन ।
म उसकी अगाडी सिर तल गर्दै पुजा अारम्भ गरे । उनीलाई देखे उनी मुस्कुराउदै पुजा मा व्यस्त थिई सायद मेरो कुरा सम्झेर हास्दै होली । उसकी मुस्कानले मेरो कुरालाई खिल्लि उठाउदै गरेको झै महसुस भयो । किताब बाट मन्त्रहरू पढ्ने बेलामा म उसकी डरले गर्दा तलको शब्द माथी र माथीको शब्द तल भन्दै थिए । मतलब बाङगो टिङगो तरिका ले पढ्दै थिई ।। त्यो महिला मेरो शब्दहरू सुनेर छक्क पर्दै भन्नु भयो के हो पण्डित ज्यु तपाईं पहिलो चोटी पुजा गर्नु आउनु भएछ हो , सराद ( मान्छे मरेको बेलामा ) को मन्त्र यो पुजा मा किन पढ्दै हुनु हुन्छ । मैले किताबको शीर्षक हेर्दा सराद मा पढ्ने किताब उलटाएर पढ्दै थिए । हे भगवान ! सिजनले के गर्यो थाहा पाउनु सकिन , उसले त मेरो मन तन र मस्तिष्कको सन्तुलन नै बिगारेर राखि दिईन । महिलाको कुरा सुनेर हल्का अहसहज अनुभव भयो तर त्यो महिला लाई के थाहा आखिर मेरो सम्सया के रहेछ । म हतारिदै झोला बाट पुजा मा पढ्ने किताब निकालेर पढ्नु थाले ।पुजा कहिले खत्म हुन्छ र म उसकी घर बाट कुन बेला भागु जस्तो लाग्दै थियो ।।
हुदा हुँदै केही घण्टा पछि पुजा सकियो । पुजा सके पछि म
हल्का खुसी भए कि अब म त्यहा बाट छिट्टै फर्किनेछु । म आफ्नो झोला र साइकल लिएर जानु थाले । अचानक सिजन आएर भनिन एक छिन है लभ ज्यु ! । म त्यै रुके अब उनी ले के भन्ला सोचेर हल्का डर पनि लाग्दै थियो । उनी मेरो नजिक आउदै भनिन लभ ज्युले त दक्षिणा पनि लिनु बिर्सिनु भएछ , ( पैसा दिदै ) ल इ लिनु तपाईको दक्षिणा । उनीलाई देखेर मलाई एकदमै अप्ठयारो अनुभव भयो मैले केही प्रतिक्रिया नदिई चुपचाप उभिरहे । उनीले के भयो किन नबोलेको भन्दा उनी सँग बोल्नु मलाई एकदमै गाह्रो भएको थियो । मैले केही जवाफ दिदा उनी बाघ झै मलाई निचोड छ कि भनेर बोल्नु नै सकिन ।।
उनीले मेरो हात समाउदै भनिन ह्या तपाईं कस्तो के , के भयो किन न बोलेको ? । मैले हिच्किचाउदै सोरी भने ।
उनीले के को लागि सोरी भनेर सोधिन ?
मैले भने अघि बिहान मैले तपाईलाइ झुठो बोलेकोले !
उनीले हास्दै भनिन त्यसतो केही होईन ।
मैले उसलाई सोधे तपाईलाई मेरो बारेमा पहिला देखि नै थाहा थियो हो ?
उसले भनिन नाई , म घर आउदा खेरी आमाले पण्डित ज्यु लाई हेरिस भनेर सोध्नु भयो । मैले खोई यता त भेटिन भने , आमाले जा गएर हेर त , "नया मान्छे थियो खोइ कहाँ गयो" भन्नु भयो , मैले पण्डित ज्यु कस्तो छ भनेर सोध्दा आमाले भन्नु भयो अहिले भरखरको जवान केटा रहेछ , मैले हस म खोजेर आउछु भनेर बाटो तिर खोज्नु थाले , बाटो मा त्यो फुच्चे भेटायो मैले उसलाई पण्डित ज्यु लाई हेरिस भनेर सोध्दा उसले पोखरी तिर गएको हेरे थियो रे भन्यो । त्यै भएर म पोखरी नजिक आउदा तपाईं पानीमा डुब्दै हुनु हुन्थ्यो त्यै भएर बचाएकी । मलाइ तपाईं पण्डित ज्यु नै हो त्यो त थाहा थियो त्यै पनि हल्का सोध्नु मन लाग्यो तर तपाईं लाई सोध्दा हजुरले दिनु भएको उतरहरू सुन्दा एकदमै हासो लाग्यो । तर तपाई त्यसतो केही नसोच्नु हल्का गल्ति त सबै बाट भई हाल्छ ।।
उसकी कुरा सुनेर म एकदमै खुसी भए, मनमा भएको सबै पिड हरू मेटियो । सोचे केटी सँग सुन्दरता की साथ बुद्धिजीवी र अरूको भावना बुझनु सक्ने क्षमता पनि रहेछे , अब त के नै थियो मैले उसलाई धेरै नै मन पराउनु थाले ।
उनी सँग दिनरात भरी कुरा गर्नु मन लाग्यो । तर उनीले भनिन ल दक्षिणा लिनु लभ ज्यु मलाई आमाले बुलाउदैछ । मैले ह्या पर्दैन भन्दा पनि उनी जबर्जस्ती मलाई केही पैसा दिएर गईन । म बाटो मा जाने बेलामा अघि बिहान भेटेको फुच्चे लाई भेटे मैले उसलाई अोई यता आइज भनेर बुलाउदा उ डराउदै मेरो छेउमा आए । मैले उसलाई सिजनले दिएको पैसा दिएर thanks भनेर आफ्नो घर फर्के ।।
घर फर्किदा बाबा आइ सक्नु भएको थियो । घर आइ पुग्दा आमाले खाना लगाइ दिएकी छु , ल खाना खानु आइज भन्नु भयो । मैले हस आमा भन्दै खाना खानु थाले अचानक बाबाले सोध्नु भयो प्रेम आईस त्यो गाउँ बाट , खोई कति पैसा दक्षिणा दियो तलाई ।


Love Session " Part 6 "
ला म त दक्षिणाको पैसा त्यो फुच्चे लाई दिई सके , अब बाबालाई म के भनु । मैले भने बाबा दक्षिणा त हजार रुपैया दिएकी थिए तर पैसा चाहि बाटो मै झरे जस्तो छ । बाबा एकदमै अागो हुदै मलाई धेरै नै गाली गर्नु भयो ।
( पण्डितहरूलाई केहि भन्दा र केही गर्दा , प्रायः रिसाउदैनन् तर यदि दक्षिणा दिएनन् भने साच्चै आगो नै हुन्छन भन्ने कुरा मैले त्यो बेला थाहा पाए )
उहाको कुरा सुनेर म आधी पेट खाना खाएर थाललाई छोडी आफ्नो कोठा मा गए । कोठामा गएर सोचे हैट कस्तो को घर मा म जन्म लिएको छु , पैसा बिना त खाना खानु पनि दिनु हुन्न । आफै माथी घृणा गर्दै म निदाए तर फेरी रात भरि सिजन सँग भएको कुरा सम्झिदै हासी रहे । राती 1 बजे तिर बाबा मेरो कोठा मा आएर मलाई एक लात हान्दै के भयो यति राती किन हासेको भन्नु भयो । मैले झस्सक बिउँझेर बाबालाई हेर्दा बाबा रिसाउनु भएको थियो मैले थाहा नभएको झै गरेर भने केही होईन , को हास्दै छ र ? । बाबाले कराउदै भन्नु भयो बढी नाटक गर्छस , चुपचाप राम्ररी सुत ।।
अर्को दिन म कोलेज गए । कोलेज मा सिजनको धेरै याद आउदै थियौ उसलाई भेट्नु मन लाग्यो त्यै भएर म कोलेज छोडेर उसकी गाउँ को त्यै पोखरी नीर बसेर उसलाई पर्खि रहे । पर्खिदा पर्खिदै दुई घण्टा बित्यो तर उसकी केही अतो पतो थिएन म एकदमै निरास भए । सोचे उनी फेरी मलाई बचाउनु आउछ कि भनेर फेरी पोखरीमा हाम फालेर डुब्नु मन लाग्यो । तर सोचे नाई यदि उनी आएन भने म सिधै परलोक को यात्रामा पुग्छु होला हिजो त उनी त्यो फुच्चेको कारनले खोज्दै आएकी थिए तर आज कस्को लागि आउछे ।
यस्तै मनमा विभिन्न कुराहरू खेलाउदै किताब खोलेर पोेखरीको किनारामा बसेर पढ्दै थिए । अचानक कसैले मेरो टुप्पी तान्दै गरेको महसुस भयो । मैले सोचे साला कुनै बच्चाले मेरो टुप्पी देखेर तान्दै होला त्यै भएर मैले बिस्तारै बिस्तारै आफ्नो हातलाई पछाडि गरेर उसको हात लाई जोरले समात्दा सिजन पो थिई । सिजनलाई देखेर म छक्क पर्दै उसकी हातलाई छोडि दिए । उनी हास्दै भनिन के हो लभ ज्यु , आज फेरी कहाँ बाट बाटो बिराएर आउनु भयो ।
मैले मुस्कुराउदै भने फेरी यो पोखरीमा डुब्नु मन लाग्यो त्यै भएर आएको ? । उसले भनिन त्यसो भए डुब्नु न त ।
मैले भने यदि तिमीले बचाउछौ भने म फेरी डुब्नु त्यार छु । उसले मुस्कुराउदै भनिन मलाइ अरू काम छैन र ? जुन सधै म तपाईं लाई बचाई राखु ।।
मैले पनि हास्दै भने भयो त्यसो भए किन डुब्नु ।।
उनीले सोधिन आज तपाईं कोलेज जानू भएन ।।
मैले भने अह अहिले कोलेज बाट त आएको ।
उनी फेरि सोधिन अती चाडो कोलेज बिदा भयो र ?
मैले छैन , भागेर यता आएको भने ।
उसले थाहा नपाए झै गरि सोधे किन र ?
मैले भने तिमीलाई भेटनु मन लाग्यो ।
उसले हास्दै मेरो कुरा लाई वास्ता नगरेको झै अभिनय गर्दै सोधिन के पण्डित हरूको ज्यान यो टुप्पीमा हुन्छ हो ? । उसकी कुरा सुनेर दिक्क लाग्यो , कस्तो रोमान्टिक कुरामा यो टुप्पी को कुरा कहाँ बाट आयो , मैले भने त्यसतो केही होईन , यो हाम्रो बाजे प्रदादाको पाला देखि नै टुप्पी राख्ने चलन चल्दै आइ रहेको छ । उसले फेरी भनिन साच्चै यसमा त ज्यान त हुदैन नी ? । मैले भने ह्या त्यसतो केही नाइ । उसले भनिन तपाईं क्या हेनडसम देख्नु हुन्छ तर तपाईलाई यो टुप्पि सुहाउदैन प्लिज तपाईं आफ्नो टुप्पी काटेर फालिदिनु । मैले बुझिसके उनी मलाई रुखमा चढाएर जरा नै काट्ने जुक्ति बनाउदै थिई । मैले भने हुन्छ कुनै बेला ,म सैलुन मा गएर काटौला । उनीले भनिन तपाईं लाई सैलुन मा जाने कुनै अावश्यकता छैन ,म आफै अहिले कैँची लिएर काटि दिन्छु । ( सोचे यो केटी ले साच्चै नै मार्ने भयो ) मैले भने तिमी किन परिसान हुन्छौ , म आफै सैलुनमा गएर काटौला नि । उनीले भनिन त्यसतो केही नसोच्नु , एकछिन म घर बाट कैची लिएर आउदैछु भन्दै उनी आफ्नो घर तिरको बाटो लागिन ।
मलाई त्यहा बाट भागु जस्तो मन लाग्यो तर सोचे यदि मैले त्यहा बाट भागे भने उसले मलाई कायर् सम्झिन्छे होला त्यै भएर म त्यै बसेर उनीलाइ पर्खि रहे ।
एकछिन पछि उनी आश्चर्य हुँदै मेरो नजिक आईन । मैले उसलाइ सोधे खई कैँची । उनी हास्दै भनिन हिही म त जिस्किदै थिए , मैले सोचे थिए तपाईं लाई टुप्पी काट्ने कुरा भन्छु भने तपाई यहाँ बाट भाग्नु हुन्छ कि के , तर तपाईं साच्चै नै अहिले सम्म बिना डरको यतै बस्नु भएछ । उसकी भाग्ने कुरा सुनेर मन एकदमै निरास भयो म त्यहा बाट उठेर भने तिमीले पहिला नै भन्नु पर्थ्यो कि म तिमीलाइ डिस्टर्व गर्दैछु ,तिमीले जा भनेको भए म अघि नै गई हाल्थे भन्दै म त्यहा बाट जानू खोजे । उनीले मेरो हात समाउदै भनिन ह्या लभ ज्यु पनि , तपाईं त स- साना कुराहरूलाई Seriously लिनु हुन्छ , आउ बस्नुस अनि अरू कुराहरू सुनाउनु ।।

Love Session " Part 7 "
यस्तै केही बेर सम्म हामी बिच कुराकानी भई रहियो । लाग्थ्यो यो समय त्यै रुकेको भए क्या रमाईलो हुने थियो । उनीले भनिन ल लभ ज्यु मलाई घर जानू पर्यो नत्र आमाले कराउनु हुन्छ । मैले हुन्छ भन्दै हामी दुबै आ- आफ्ना बाटो लाग्यौ । बाटो मा जादा जादै सिजनले भनेकी कुरा याद आयो । सोचे माया मा मान्छेहरू आफ्नो ज्यान पनि दिन सक्छन , के म टुप्पी को पनि बलिदान दिनु सक्दिन । त्यै सोच्दा सोच्दै म सैलुन मा गए । त्यहा जादा हजामले भन्यो के हो छोटु पण्डित ज्यु , आज कसरी हामीलाई सम्झिनु भएको ।। मैले भने के हामी सैलुन मा आउनु सक्दैनौ र ? । हजामले भन्यो किन होईन , ( एउटा कुर्सी दिदै ) ल कुर्सीमा बस्नुस अनि अरू सुनाउनु । मैले भने मलाई कपाल काट्नु छ । उसले भने तपाईं को कपाल त ठिकै छ अब यसमा के काट्नु छ र ? । मैले भने टुप्पी काट्नु बाकी छ , काटदिनु त ।। उसले छक्क पर्दै सोधे तपाईं पाग्ल त हुनु भए छैन नी , पण्डित भएर टुप्पी काट्ने । मैले भने के पण्डित मान्छे हुदैन र ? , तपाईं लाई काट्नु मन छ भने काट्नु नत्र म अरूको सैलुन मा गएर कटाउछु । उसले भने तपाईं कति छिटो रिसाउनु भएको , म काट दिन्छु नी ।
त्यसपछि उहाले मेरो टुप्पी काट्नु थाल्नु भयो । मैले भन्दिए हल्का स्टाईल बनाई दिनु है । उसले भने तपाईं चिन्ता नगर्नु न , म तपाईं लाई अजय देवगन जस्तो बनाई दिउला । उसले मेरो कपाल काटि सके पछि , म आफ्नो अनुहारलाई एेनामा हेर्दा आफुले नै आफुलाई चिन्नु गाह्रो भईसके थियो । मैले हजाम लाई पैसा दिदै भने हस , अब म लागे है । घरतिरको बाटोमा जादा थुप्रै बच्चाहरू सँगै मान्छेहरूले मलाई कहिले न हेरे झै छक्क पर्दै हेर्दै थिए ।
मायामा मैले टुप्पी त काटि दिए तर बाबाले मेरो कपाल हेरे पछि खोइ के भन्नु हुन्छ सोचेर पनि डर लाग्दै थियो ।
गोजी बाट रुमाल निकालेर मैले आफ्नो टाउको मा बाधे अनि बिस्तारै बिस्तारै ढोका खोलेर कोठा भित्र छिर्दा आमाले मलाइ हेर्नू भयो । उहाले तेरो टाउको मा के भयो , किन रुमाल बाधेको भन्नु भयो । मैले मेरो टाउको मा चोट लाग्यो भनेर झुठो बोले । आखिर आमा भनेको आमा नै रहेछ छोरालाई हल्का चोट लागेको कुरा सुन्दा पनि हतारिदै मेरो छेउ मा आएर खोई देखा त कहाँ चोट लागेछ भन्नु भयो । मैले भने ह्या आमा अलिकति मात्र चोट लागेछ , हजुरलाई चिन्ता गर्नु पर्दैन आफै ठिक भइ हाल्छ । उहाले भन्नु भयो नाई त्यसतो भन्नु हुदैन , टाउकोमा लागेको सानो चोट पछि ठुलो घाउ हुन सक्छ , पहिला देखा कस्तो चोट लागेछ भन्दै मेरो रुमाल लाई टाउको बाट तान्नु भयो । मैले टाउको लाई लुकाउनु धेरै प्रयास गरे तर उनीले हेरि सक्नु भयो । आमा छक्क पर्दै खोई तेरो टुप्पी भन्दै हल्का जोरले कराउनु थाल्नु भयो । त्यतिकै मा बाबा आफ्नो कोठा भित्र बाट निस्किदै के भयो भनेर सोध्नु भयो । म चुपचाप त्यही उभी रहे , एक्कासि बाबाको नजर मेरो कपालमा पर्दा उहा रिसले एकदमै आगो हुनु भयो ।
किन कटाईस टुप्पी , तैले हाम्रो कुलको नाम मान मर्यादा सत्यानास पार्ने भईस ईत्यादी भनेर गाली गर्दै कुुट्नु भयो । उहाको कुटाइले गर्दा मेरो मुखबाट आधा गाउँ नै सुन्ने गरि पीडाको अावाज निस्किदै थियो ।
करिब 1 घण्टा पछि बाबाले कुट्दा कुट्दै थाके सके पछि मलाई छोडि दिनु भयो र मलाई खाना खानु पनि दिनु भएन । म पीडा ले छट्पटी दै आफ्नो कोठामा गए तर सिजन कि याद आउदा त्यति चोटले पनि केही फरक नपरेको जस्तो महसुस भयो । सायद उसकी मायाको पहिलो मीठो पीडा भएर होला । एक दिनको कुटाईले अब त , मलाई टुप्पी राख्नु पर्दैन नी सोच्दै त्यति पिडामा नि म हास्दै थिए । जे भए पनि सिजनको सम्झना हुदा मलाइ अरु कुरा प्रति खासै मत्लब पनि थिएन । अरूले ज भनोस बाल नै भएन । रात भरी सोचिरहे मेरो नाम प्रेम हो र उसकी नाम सिर्जना , दुबै लाई मिलाए पछि प्रेमसिजर्ना हुन्छन क्या दामी जोडी रहेछ । अँग्रेजीमा मिलाउदा पनि मेरो नाम लभ र उसकी नाम सिजन , दुबै लाई मिलाउदा लभ-सिजन । सायद भगवानले नै धेरै सोचेर हाम्रो यति दामी जोडी बनाउनु भएछ ।।
अर्को दिन म कोलेज न गई सिधै सिजनकी गाउँ कि पोखरी नीर गए । त्यहा जादा मैले सिजनलाई बसेकी हेरे , म बिस्तारै बिस्तारै उसकी पछाडी गएर उसकी आखालाई आफ्नो हातले छोपे । उनी आतिदै दुई चार अोटा केटाहरूको नाम भने तर त्यसमध्ये मेरो नाम नभनेकोले म एकदम निरास भई उसलाई छोडिदिए । उनी पछाडी फर्केर मलाई हेरेर आश्चर्य हुँदै भने लभ ज्यु , तपाईको आज Get Up नै चेन्ज भइसकेछ , खोई तपाईको टुप्पी । मैले भने तिमीले भनेकी थियौ नि , म हेन्डसम छु तर मेरो टुप्पीले सुहाउदैन त्यै भएर टुप्पीलाई काटि दिएको । उनीले हास्दै भनिन मैले ठट्टा पो गरेकी थिए , तपाई टुप्पीमा त यो भन्दा नि हेन्डसम देख्नु भएको थियो ।


Love Session " Part 8 "
उनीले हास्दै भनिन मैले ठट्टा मात्र गरेकी थिए , तपाई टुप्पीमा त यो भन्दा नि हेन्डसम देख्नु भएको थियो । मैले भने त्यसो भए फेरी टुप्पी टासिदेउ त । उनीले अझ धेरै हास्दै भनिन भयो पर्दैन , अहिले पनि राम्रै देख्नु भएछ । मैले धन्यबाद भन्दै एउटा कुरा सोधु भने । उसले हुन्छ सोध्नुस न भनिन । मैल भने अघि मैले हातले तिम्रो आखालाई छोपदा Guess गरेको चार अोटा नामहरू तिम्रो व्यायफ्रेन्ड हो र ? । उनीले भनिन हि ही नाई , मलाई थाहा थियो , तपाईं नै हुनु हुन्छ त्यै भएर मैले तपाईं लाई jealous बनाउनुको लागि भनेकि थिई ।
म छक्क पर्दै सोधे तिमीलाई म नै हु भनेर कसरी थाहा भयो । उसले भनिन हिजो र अस्ति तिर मैले तपाईं को हात समाउदा , तपाईको हात को स्पर्श ले अनुभव गरकि थिए ।
मैले भने साच्चै हो र ? , उसले हो नि त भनिन । हाम्रो अगाडी हेर्दा दुई अोटा पाठी चर्दै गरेको र एउटा बाख्रा निरास भइ भुम मा बसेकी थिए । मैले उसलाइ सोधे त्यो बाख्रा किन उदास बसेकी छे । बाख्रा को श्रीमान पोइला गई भन्दै उनी जोरले हास्नु थाले । उसकी कुरा सुनेर म पनि हास्दै सोधे ए साच्चै बाख्राहरूको पनि छोरा छोरी , श्रीमान श्रीमती , मामा माइजू , हजुरबा हजुरआमा इत्यादी नातेदार होली होईन र ? ।
उसले भनिन होला तर मैले बाख्रा लाई सोधेको छैन ।
मैले भने त्यसो भए सोध्न त ? । उसले भनिन म बाख्राको नातेदार हो र ? , बरू तपाईं सोध्नु मलाई लाग्छ बाख्रा सँग तपाईको पुरानो सम्बन्ध होला । मैले भने के रे पुरानो सम्बन्ध , आफै बाख्राकी दाजु भाई लाई काटेर खान्छौ अनि मलाई नातेदार भन्छौ ।।
उनी धेरै नै हास्नु थाले , उसकी हासो ले मनलाई घात गर्दै थिए । मैले सोधे तिमी फेरी एस.एल.सी. किन दिदैनौँ । उनिले भनिन ह्या मलाई फेरी फेल हुनु मन लागेछ र ? ।
मैले भने पहिला दिएर त देख , पास पनि हुन सक्छौ । उनीले नाई भयो पर्दैन भनिन । यस्तै हामी बिच अरू थप कुराहरू भइ रहे ।
उनीलाई घर जानू थियो त्यै भएर हामी दुबै जना त्यहा बाट फर्के ।
यस्तै हरेक दिन म कोलेज न गई उनीलाई भेट्न त्यै पोखरी नीर जान्थे । उनी सँग कुरा हुदा एकदमै रमाइलो लाग्थे , राति सपनामा पनि मात्र उनी नै हुने गर्थे । जे भए पनि दिनहरू एउटा खुसी मय बित्दै थिए ।
केही महिना पछि
सधैको झै म कोलेज नगई सिधै सिजन कि गाउँ तिर जादा त्यै गाउँ को एउटा मान्छेले भने के हो छोटु पण्डित ज्यु , आजकल तपाईं धेरै नै हाम्रो गाउँ आउनु हुन्छ ,आखिर कारन के हो ? । उहाको कुरा सुनेर म मौन भए , मैले सोचे हाम्रो सम्बन्धमा मान्छेहरू को कुदृस्ठि लाग्नु थालेछ । म उसलाई केही नभन्दै पोखरी नीर नै गए ।
त्यहा पुग्दा सिजन बसेकी थिई । म एकदमै निरास भइ उसकी छेउमा बसे । उनीले भने के भयो लब ज्यु आज किन उदास हुनु हुन्छ । मैले भने एउटा समस्या छ र त्यसको समाधान तिमी नै गर्नु सक्छु । उसले भनिन अचानक त्यसतो के समस्या पर्यो र ? । मैले भने पहिला भन तिमी मेरो समस्या को हल गर्नेछौ । हुन्छ पहिला भन्नु न , म आफु बाट सक्दो कोसिस गर्छु उसले भनिन । मैले भने " म तिमी सँग सधै भेट्नु चाहन्छु , कुरा गर्नु चाहन्छु तर तिम्रो गाउँको मान्छेहरुले हामीलाई गल्त नजरले हेर्नू थालेछ , त्यै भएर तिमी मैले पढ्ने कोलेजको स्कुल (कक्षा 1 देखि 12 सम्मको ) मा फेरी पढ् र हामी त्यै भेटौला , कुरा गरौला । उनीले भनिन ह्या म फेरी स्कुल जादिन । मैले भने हुन्छ , यदि तिमी मलाई भेट्नु चाह्दैनौ भने स्कुल नगए हुन्छ , अब भोली देखि म यता आउदिन । उनीले केही जवाफ दिएनन् , म फेरी उसलाई सोधे तिमी आउछौ कि नाई तर पनि उनिले एक शब्द नि बोलेनन् ।
त्यो भन्दा केही नबोली म त्यहा बाट घर फर्के । घर फर्किदा उसकै बारेमा चिन्ता लागे थियो उनी आउँछ कि आउदैन । राती मन एकदमै बेचेन थियो । मात्र उसकै बारेमा यो मस्तिष्क र मनले सोच्दै थे ।
अर्को दिन म कोलेज जादा उनीलाई त्यहा धेरै खोजे तर उनी साच्चै नै स्कुल मा आएकी थिएनन् । उनीलाई हेर्नू आखा एकदमै बिचलित भयो , उनी सँग कुरा गर्नु मन लाग्यो । फेरी उसकी गाउँ कि पोखरी तिर जानु मन लाग्यो तर खई कताकता बाट मनले भन्यौ यदि सिजन लाई तसँग बोल्नु मन छैन भने त किन उसलाई भेट्नु जाँदै छस । यो Ego भनेको कुराले मान्छेको हरेक नातालाई टोडाउने गर्छन । त्यै भएर म भित्रको Ego ले उसँग नभेट्नु बनाई दिएको थिए ।
उनी एकछिन पछि आउछ कि भनेर म छन छन मै आफ्नो कक्षा बाट निस्केर कोलेज को प्राङ्गणमा गएर उनीलाई खोजी रहे तर उसकी पाइतलो को छाप पनि कोलेज भित्र परेन । कोलेजमा बस्दा एकदमै खल्लो भयो । मेरो शरीर मात्र कोलेजमा थिए तर मेरो आत्मा सिजनलाई खोज्दै थियो ।

Love Session " Part 9 "
दिनभरी कुर्दा कुर्दै पनि उसकी केही पतो लागेन । एकछिन पछि कोलेज बिदा भयो म घर फर्के । घर फर्किदा बाबा पिढीउ मा बस्नु भएका थिए । बाबाले मलाई सोध्नु भयो आज अलि छिटै नै कोलेज बाट आईस , Extra Class गर्नु गइनस् । ( सिजन सँग भेट्नु जादा म सधै 5 बजे राति घर फर्किन्थे । बाबाले कोलेज 12 बजे सकिन्छ तर घर 5 बजे किन आउछस् भनेर सोध्नु हुदा मैले परीक्षा नजिकै आउदैछ त्यै भएर Extra Class गर्दैछु भन्ने बहाना बनाएका थिए ) सायद त्यै कारनले बाबाले सङका गर्नु भएछ ।
बाबा , अब देखि Extra Class गर्नु छोडदेको भनेर मैले बहाना बनाए । बाबाले किन छोडिस सोध्नु भयो , उहाको कुरा सुनेर म मौन भए । आईज कोठा भित्र उहाले भन्नु भयो , कोठा भित्र छिर्दा बाबाले मेरो बारेमा थाहा पाउनु भयो कि सोचेर हल्का डर नी लाग्दै थिए । कोठा भित्र आउदा बाबाले एउटा पातलो लठ्ठी लिएर मेरो शरीरमा जहाँ तहा कुट्नु थाल्नु भयो । मैले कराउदै भने बाबा अचानक के भयो किन कुट्नु भएको ? । बाबाले गाली गर्दै कुटिरहनु भयो शरीरमा चोटको रातो दाग देखिदै थिए । आमा त्यै बेला आएर बाबाको लठ्ठी समात्दै किन कुट्नु भएको भनेर सोध्नु भयो ।
बाबाले आमालाई भन्नु भयो सोध छोरालाई , आज यसको कारनले म गाउँमा हिड्नु नसक्ने भए । के गर्यो र ? त्यसतो आमाले बाबा माथी प्रश्न गर्नु भयो । ( बाबाले भन्नु भयो " आज बिहान म गाउँ तिर जाने बेलामा एउटा पल्लो गाउँको मान्छे सँग भेट भयो । त्यो मान्छेले भने तपाईं को छोरा हाम्रो गाउँको एउटी नेवार्नी केटी सँग रासलिला मनाउदैछ । मैले भने तपाईलाई भम्र भए होला मेरो छोरा कोलेज पढ्नु गएछ । मान्छेले भने आज कोलेज गएछनी बाकी दिन कहाँ जान्छ आफै गएर उसलाई सोध्नु होस । मलाइ बिश्बाँस नै भएन , मैले कोलेजको सरको घर गएर ( मेरो तिर हात देखाउदै ) यस्को बारेमा सोध्दा सरले एक महिना देखि आएको छैन भन्नु भयो । यसको कोलेजको केही साथीहरू सोध्दा पनि उनीहरूले उ सधै पल्लो गाउको पोखरीमा गएर त्यो नेेवार्नी केटी लाइ भेट्नु जान्छन् भने ।
बाबाको कुरा सुनेर आमा पनि रिसाउनु भयो । म चुपचाप सिर निहुराएर उहाहरूको अगाडी उभिएका थिए । बाबाले झपार्दै अब देखि त त्यो गाउँमा गएको थाहा पाए भने तेरो खुट्टा काटि दिउला भन्नु भयो । म मौन भई उहाको कुरा सुनिरहे, त्यसपछि म आफ्नो ड्रेस चेन्ज गरि खाना खाए । यो सिजन सँग को सम्बन्धले पनि मलाई मर्नु न बाच्नु बनाएका थि । उता बाबाले पल्लो गाउ नजाने भन्नु भयो , एता पटक पटक सिजन कै याद आउदै थिए ।
अर्को दिन कोलेज जादा उनी आज आएकी होली भन्ने आश मा उसलाइ खोजे तर त्यो दिन उनी आएनन् । सोचे सायद भगवानले हामी दुबै बिच त्यति समयको लागि मात्र सम्बन्ध गासनु भएका थिए । मन निराश भयो , सोचे उसलाई सम्झी सम्झी तडपिनु भन्दा अब उनीलाई बिर्सिनु नै परो , त्यै भएर उनी प्रति घृणा को भावना राखेर एक छिनको लागि बिर्सिनु खोजे ।
उनी सँग नबोलेको दुई दिन भइसकेथे , यी दुई दिनमा उनीलाई नसम्झेको कुनै पल थिएन । क्रमश तेस्रो दिन पनि म कोलेज गए ।किन किन कोलेज पुग्दा सिजन आएकी अाभास भयो । म उसलाई यताउता खोज्नु थाल्दा अचानक उनी मेरो तर्फ भाग्दै आउदै गरेको देखे । उनीलाई हेर्दा म जति खुसी भएका थिए त्यति नै मेरो मन उदास भएको थियो । सायद यति दिन पछि उसलाई आज मेरो याद आएको रहेछ । सोचे जसलाई हेर्नको लागि म तडपिदै थिए उसलाई यति दिन सम्म मेरो भावनाको कदर नै छैन । उनी ( थाकित भएकोले लामो शबाँस तान्दै अोठ भरी मुस्कान देखाउदै )मेरो नजिक आएर भनिन के छ लभ ज्यु । मैले उसलाई नचिनेको अभिनय गरेर को हो तिमी भनेर सोधे ? । उनीले म सिजन हु , मलाई चिन्नु भएन भनिन । मैले भने म सिजन भन्ने कुनै केटीलाई चिन्दिन । उसकी अोठको मुस्कान एकाएक निरासा मा परिवर्तन भयो । उसकी आखाबाट आशुको बुदा झर्छ कि जस्तो लाग्यो । उनीलाइ बोल्नु पनि गाह्रो भएको थियो । उनीले जसोतसो गरेर धन्यवाद भनेर कोलेजको प्रमुख गेट बाट बाहिर निस्किनु थाले । म भाग्दै उसको नजिक गएर उसकी हात समाउदै हास्दै भने अरे ! यार तिमी त मेरो कुरालाई Seriously लिएकी छौ , म अतिकै मजाक पो गर्दै थिए । उनी आफ्नो हातबाट मेरो हात छोडाउदै कराउदै भनिन नछुनु मलाई , तपाईं ठुलो मान्छे हुनु भएछ , अब तपाईले मलाई चिन्नु पनि हुन्न , त्यै भएर नचिनेको मान्छे सँग किन बोल्नु आउनु भएको । ( यति भन्दै उसकी आखाबाट टिप्लिक्क आसु खस्नु थाले ) ।

Love Session " Part 10 "
मैले भने सोरी यार , I was just kidding । त्यै पनि उनी मानेनन् र त्यहा बाट जानू थाले । म उसकी पछि पछि लाग्दै उसलाई फकाउनु धेरै प्रयास गरे तर उनीले मेरो एक शब्द पनि सुन्नु चाहेनन् । मलाई थाहा थियो उसले मेरो बारेमा के सोच्दै होली तर उनीलाई मेरो भावना को बारेमा पनि बुझ्नु पर्थ्यो नि ।
उनीलाई मैले अस्ति तिर नै स्कुल आउनु भनेका थिए । तर उनी नआउदा म कति तडपे , उसलाई पनि सोच्नु पर्थ्यो नि । हो उसले मलाई आफ्नो प्रेमी मानेकी रहेनछन् तर एउटा साथीको नाताले पनि साथीको अवस्थाको बारेमा बुझिदीएको भए क्या रमाइलो हुने थ्यो । प्रत्येक दिन हामी जो सँग कुरा गर्छौ उसै सँग हरेक पल कुरा गर्नु मन लाग्छ यो बुझ्नु एउटा समान्य कुरा हो ।।
फेरी किन उनी ले यो कुरा बुझ्नु सकिन । उसलाई नचिनेको भन्नु मेरो कुनै रहर थिएन । यति मात्र हो कि उसले पनि मेरो भावनाको बारेमा बुझोस , कदर गरोस सोचेर मात्र भनेका थिए ।
खैर त्यो सबै कुरा बिती सकेका थिए त्यस बाट मलाई कुनै मतलब भएन । तर अहिले उनी म माथी रिसाएकी थिई त्यै भएर उसलाई जसरी भए पनि फकाउनु जरुरी थियो । कसरी फकाउ थाहा थिएन । बाटोमा हेरे एउटा मोटरसाइकल आउदै थिए , मैले केही न पाएर जानीजानी मोटरसाइकल को अगाडी गएर उभे । मोटरसाइकल चालकले ब्रेक हानेर रोक्ने धेरै प्रयास गरे तर उसले सकिन र मेरो खुट्टामा अगाडीको पाङग्राले ठोक्यो । म भुईमा लडे , खुट्टा बाट हल्का रगत निस्किदै थिए , म पिडाले छटपटाउनु थाले , सिजनले मलाई त्यसतो हालमा हेरेर भाग्दै मेरो नजिक आएर सोधिन तपाईले यस्तो के गर्नु भएको । पिडाले गर्दा म उसलाई केही जवाफ पनि दिनु सकिन । उसले आफ्नो चुन्नीले मेरो खुट्टामा बग्दै गरेको रगतलाई पुछ्नु थाले । त्यसपछि सिजनले मलाई हस्पुटल लगिन ।
मोटरसाइकल को गति एकदमै कम भएकोले खासै केही ठुलो सम्सया परेन । डक्टर ले मेरो खुट्टा मा बेन्डेज लगाई साथमा केही औषधी पनि दिनु भयो । सिजन मेरै छेउमा बसेकी थिई मैले उसलाई भने सोरी सिजन , मैले तिमी सँग मात्र जिस्केको थिए , प्लिज मलाई माफ गरिदेउ । उसले भनिन त्यसतो केहि नसोच्नु , मैले त्यो सब कुरा बिर्सि दिए । म एकदमै खुसी भए , हल्का चोट लगाएर पनि उसलाई फकाउनु सफल भए । तिमी भन्दै थियौ कि म स्कुल फेरी जादिन , अनि आज किन स्कुल आएको त भनेर मैले उसलाइ प्रश्न गरे । उसले भनिन के गर्नु , तपाईं पोखरी निर न आउदा , एकदमै खल्लो लाग्यो । तपाईं सँग गरेको हरेक कुरा याद आउदै थियो त्यै भएर तपाईलाई भेट्नु मन लाग्यो ।
मैले भने म तिम्रो पोखरी मा आउथे तर ( असती बाबाले कुटेको कुरा भन्दै ) यहि कुराले गर्दा आउनु सकिन । बाबाले कुटेको कुरा सुन्दा उनी हास्नु थाले । उनी सँग दुई दिन पछि यस्तो अवस्था मा भेटदा पनि रमाइलो लाग्दै थिए । हामी बिच यस्तै कुराहरू हुनु थाले । अचानक ढोका खोलेर मेरो बाबा आउनु भयो , मैले आखाको इसाराले सिजनलाई बाहिर जाउ भनिदिए । सिजन त्यहा बाट निस्केर बाहिर गइन । (खई कसले बाबालाई मेरो दुर्घटनाको बारेमा भनिदेको रहेछ , बुढा त कुद्दै आउनु भएका थिए ) मेरो नजिक आएर लामो शबाँस तान्दै हल्का थकाई मार्दै यो कसरी भयो भनेर सोध्नु भयो । मैले कुरा लुकाउदै भने कोलेज बाहिर मेरो किताब झरेको थिए त्यै भएर मैले किताब लिनु जादा मोटरसाइकल बाट ठोकेर यस्तो भयो । बाबाले मेरो टाउको मा एक थप्पड हान्दै भन्नु भयो तेरो दुई अोटा किताब मात्र हुन्छ त्यो पनि समहाल्नु सक्दैनस् । उहाको कुरा सुनेर म मौन भए , त्यस बाहेक अरू केही भन्दा बाबाले अझ बढी कुट्नु हुन्छ कि सोचेर केही बोलेन । बाबाले फेरी सोध्नु भयो अघी आएकी केटी को थियो ,त्यै पल्लो गाउकी नेवार्नी त हैनन् नी । बाबाको कुरा सुनेर म डराए , उहाले सिजन लाई कहिले हेर्नू भएका थिएनन् त्यै भएर मैले भने होईन बाबा , त्यो नेवार्नी पल्लो गाउँमा बस्छे मेरो कोलेजमा कसरी आउनु सक्छे र ? । उहाले फेरी सोध्नु भयो अनि को हो त ? । मैले भने खई मलाई के थाहा ,मलाई घाइते अवस्थामा देखेर उनीले सहयोग पो गरेकी थिई । मैले भने साच्चै नै उनी दयालु रहेछे , नत्र आजकल को दुनियामा मान्छेहरूले चिनेका लाई नी मद्दत गर्दैन तर उनीले मलाई नचिने पनि घाइते अवस्थामा देखेर हस्पिटल पुर्याईन ।

Love Session " Part 11 "
बाबाले भन्नु भयो भइगो , धेरै तारिफ गर्नु पर्दैन , ल हिन घर । मैले भने एकछिन त्यो केटीलाई बुलाई दिनु न बाबा , म उसलाई धन्यबाद भन्नु चाहान्छु । बाबाले सिजनलाई बाहिर बाट बुलाएर लाउनु भयो । अचानक मेरो बाबाले उसलाई बुलाउदा उनी छक्क परेकी थिई त्यो कुरा उसकी अनुहार बाट मैले थाहा पाए । सिजन मेरो नजिक आएर बिस्तारै सोधिन " के हो , अस्ती तिर मेरै कारनले तपाईं लाई उहाले कुट्नु भएको थियो तर आज उहाले आफै बुलाएर तपाईं लाई भेट्नु भन्नु भयो । मैले हास्दै भने तिमी त्यै पल्लो गाउँ कि नेेवार्नी केटीको त्यो बाबालाइ थाहा छैन । मैले उसकी बारेमा अरू केही नै बाबालाई भनेका थिए त्यो उसले थाहा पाई सकेकी थिई ।।
मैले उसलाई भने ल बाई , भोली कोलेज मै भेटौला । उनीले यस्तो हालतमा पनि तपाईं कोलेज आउनु हुन्छ भनेर सोधिन । मेलै भने चिन्ता नगर , तिमी कोलेज आउनु म जसरी भए नी आउनेछु । उसले हस , त्यसो भए भोली भेटौला भनिन । मैले बाई भन्दै बाबा सँगै घर फर्के ।
घर फर्किदा मात्र उसकै बारेमा सोचिरहे । अब उनी पनि मेरै कोलजमा पढ्ने भइ । सोचे अब फेरी हामी सधै भेट्नेछौ , कुरा गर्नेछौ , क्या रमाईलो हुनेछ । अर्को दिन म कोेलेज जानू लाग्दा बाबा आमाले यस्तो हालतमा कोलेज नजाउ भन्नु भयो । मैले भने तपाईं चिन्ता नगर्नु केही हुदैन , मेरो परीक्षा नजिकै आउदैछ , त्यसैले मलाई जानू पर्छ । उहाहरूले केही पनि बोल्नु भएन ।।
त्यसपछि म खुटटालाइ घिसार्दै कोलेज गए । खुट्टामा हल्का पिडा हुदा पनि सिजनलाई भेट्नु जाँदै छु सम्झेर त्यसतो केही महसुस भएन । कोलेज पुग्दा सिजनले मलाई पर्खिदै बसेकी थिई । म उसकी नजिक पुग्दा उसले तपाईं लाई कस्तो छ भनेर सोधिन । मैले भने ठिकै छ अनि तिम्रो ? ।
त्यसपछि हामी बिच विभिन्न कुराहरू हुन थाले । हामी सधै कोलेज मै भेट्ने गर्थे , सनिवार भएको दिन उनी सँग भेट नहुदा वाक्क लाग्थ्यो , सोच्थे सनिवार पनि पढाइ भइ दिएको भए क्या रमाईलो हुन्थ्यो वा हप्ता बाट सनिबार नै निकालेर हटाएर एक हप्तामा 6 दिन मात्र भइ दिएको भए मज्जै हुन्थे । तर सोचे मेरो ती सब कुराहरू को कुनै अर्थे नै थिएन । त्यो सँसारकै नियम हो र मैले गर्दा त्यो सब नियम परिवर्तन हुन्छ त्यो म कल्पना पनि गर्नु सक्दिन । बरु इ सब सोचेर म आफ्नो मनलाई जसोतसो गरेरे रुझाउने गर्थे ।।
फेरी आइतवार आउथ्यो र हाम्रो मिलन फेरी हुन्थ्यो । यस्तै क्रमशः एक बर्ष बित्यो । ती एक बर्षमा थुप्रै कुराहरू बित्यो जुन मेरो जीवनको रामईलो पल थियो । एस.एल.सी. नजिक आयो , सिजन फेल भयो भने मलाइ सम्सया हुन्थे किनकी मैले नै उसलाई पास हुने आशा मा फेरि स्कुल पढ्नु लगाएका थिए ।
एस.एल.सी. को पहिलो परीक्षाको दिन आयो , हामी दुबै जना परीक्षा केन्द्र गए । मैले उसलाई सोधे तिमी राम्ररी त्यारी गरेर आएकी छौ नी ? , उसले भनिन छैन , दुई बर्ष देखि मैले किताब लाई पलटाएको पनि छैन , अनि कस्तो त्यारी गरेको छु , त्यो तपाईं आफै सम्झिनु न । हे भगवान , सिजन कस्तो केटी रहेछे , आज परीक्षा हो थाहा हुदा हुँदै पनि किताब नि पटलाएको छैनन् । मैले आफ्नो टाउको मा हात राख्दै भने अरे यार , एकचोटी पढेको भए हुन्थ्यो नि । उसले भनिन ह्या छोडदिनु ,मैले तपाईको लागि मात्र फेरी स्कुल पढ्नु गएको थियो , अब फेल भए पनि केही फरक पर्दैन ।।
मैले उसलाई सोधे तिम्रो प्याड खोई । उसले भनिन ला म त ल्याउनै बिर्से । अरे यार परिक्षाको दिन पनि उनीले केही ल्याएकी थिएन । ( उनीले जानीजानी नाटक गर्दैछे कि के , त्यो मैले बुझ्नु सकिन )
मलाई थाहा थियो उनीले त्यसतो गर्छिन त्यै भएर मैले उसकी लागि पहिला देखि नै प्याड , अौचार बाकस , गेस पेपर , गाइड बुक ल्याएको थिए ।
मैले उसलाई ती सब कुरा दिदै भने ल राम्ररी बुक लुकाएर लैजाउ । उनीले हुन्छ भनि भित्र गईन , मैले हेरे Guard ले चेक गर्ने बेलामा मैले उसलाई दिएको बुकहरू ले गार्डले खोस्यो । अब उनी परीक्षामा के लेख्छे , कसरी लेख्छे सोचेर टेनस्न भयो । परीक्षा केन्द्र भित्र एउटा मन्दिर थियो र त्यो मन्दिरको छेउमा स्टिलको जाली ले घेरिएको थियो । म बिस्तारै त्यो जालीको छेउमा गएर सिजन भनेर जोरले कराए । उनीले मेरो कुरा सुनेर भाग्दै मन्दिर नजिक आइन , मैले अर्को गेस पेपेर जाली बाट फ्यालेर उसलाई दिए । उनीले गेस पेपर लिएर भित्र गइन । उनीलाई गेस पेपर दिए पछि म ढुक्क भए । अचानक पुलिस गार्ड हरू सिजन कि नजिक आएर त्यहा भएको बिधार्थीहरू चेक गर्नु थाले , पुलिसले सिजनलाई पनि चेक गरि कि नाई त्यो त मैले थाहा पाउनु सकिन । किनकी त्यहा बाट उनीहरूलाई हेर्नू सकिरहेको थिएन ।

Love Session " Part 12 "
म परीक्षा केन्द्रको बाहिेर बाट पनि आफु सक्दो उसलाई चिट दिने कोसिस गरे । एकचोटी त पुलिसले हेर्नू भयो र लौरो ले मलाई खुट्टामा हान्नु भयो । म जसोतसो गरेर लडखडाउदै त्यहा बाट भागे र सिजन कि प्रतीक्षा गर्नु थाले । केही समय पछि सिजन हल्का मुस्कुराउदै आइन , मैले सोधे कस्तो रहियो परीक्षा अनि कति अोटा प्रश्नहरूको उतर लेख्यौ । उसले प्रश्न पेपर मलाई दिदै भने यसमा कलम ले चिनो लगाएको सबै बनाए । मैले प्रश्न पेपर मा हेर्दा उनीले 32 वटा प्रश्नहरूमा 14 अोटा बनाएकी रहेछे । मैले अँङक जोड्दा यदि उसको सबै उतरहरू सही भयो भने उनी पास हुनु सक्थे । सोचे अब त केही हुनु वाला छैन , सिजन फेल हुने निश्चित नै थिए । किनकी उनीले उतर लेख्दा केही न केही गलत भएकै होला र अँग्रेजी बिषय पनि उस्तै हो एउटा शब्द गल्ति हुदा पनि पेपर चेक गर्ने शिक्षकले आधा अँङक काटि दिनु हुन्छ ।
सोचे जे भए पनि , पछि हेरौला तर अहिले सिजनकी मनोबल बढाउनु जरुरी थिए । मैले भने ठिेकै छ , ल अब भोलीको बिषयको राम्ररी त्यारी गरेर आउनु । उनीले हस भन्दै हामी आ- आफ्ना घरको बाटो लागे । यस्तै क्रमशः सबै परीक्षा सक्यो , परीक्षा सकेर आउदा खेरी उसकी प्रतिक्रिया देख्दा मलाई लागेन उनी पास हुन्छे होली । तर मन भित्र एउटा आश थियो कि उनी अवस्य पास हुन्छे । एस.एल.सी सके पछि हामी सँग भेट्ने कुनै उपाय थिएन , अब फेरी कसरी भेट्ने , कहाँ भेट्ने इत्यादी कुराले अतिधिक सताउनु थाले । मैले उसलाई सोधे अब कसरी भेट्ने , उनी भनिन खोई थाहा छैन । मैले सोधे तिम्रो घरमा मोबाईल छ , उसले छैन टेलिफोन छ भनिन ।
( त्यो बेला खासै टेलिफोन , मोबाईलहरू सुबिधा थिएन , कुनै कुनै मान्छेहरूले मात्र मोबाइल बोक्थे , मेरो छिमेकी मा बस्ने एउटा साथीको बाबा बिदेश बस्नु हुन्थ्यो त्यै भएर उसको घरमा एउटा नोकियाको सानो मोबाईल थियो )
मैले उसलाई सोधे तिम्रो टेलिफोन को नो. देउ त । उनीले नाइ भनिन , मैले सोधे किन नाई भनेकी , म सँग कुरा गर्ने मन लागेन र ? । उनीले भनिन लाग्छ तर तपाईलाइ यदि मैले नो. दिए भने जुन सुकै बेला फोन गर्नु भयो भने मलाई मेरो आमा बाबाले कुट्नु हुन्छ । मैले भने तिमी चिन्ता नगर , जब तिमी भन्छौ त्यै बेला म फोन गर्नेछु । उनीले नो. दिदै भनिन राती 10 बजे तिर गर्नु ल ।।
मैले हुन्छ भन्दै अन्तिम पल्ट भेटेर घर फर्के । घर आउदा किन किन मेरो शरीरको एउटा अँङग कतै छुट्यो जस्तै लाग्यो । घरमा बस्नु पनि फिटिकै मन लागेन , राती को 10 कहिले बज्छ भनेर प्रतीक्षा गर्नु थाले । दिनभरी मा हजारौं पटक घडि हेरे , खोई किन हो त्यो दिन समय को गति नै कम भए जस्तो लाग्यो ।
जसोतसो गरेर रातीको 9 बज्यो । म आफ्नो साथीको घर गए , साथी बाहिर आफ्नो पिढिमा बसेको थियो । साथीले यति राती किन आएको भनेर सोधे , मैले भने एकछिन बाहिर आइज , बाहिर नै भन्छु । उ बाहिर आए , मैले उसलाई सोधे तेरो मोबाइल खइ , उसले सोधे किन ? , मैले भने एउटा साथीलाई फोन गर्नु छ , उसले सोधे कुन साथीलाइ , मैले भने ह्या लिएर आइज न पहिला , उसले भने मोबाइल मा चार्ज छैन , मैले सोचे उसले झुठो बोल्दैछ होला , त्यै भएर पहिला लिएर आइज भने । उसले आफ्नो नोकिया 1100 मोेडेल भएको मोबाइल ल्यायो । मैले मोबाईल लिएर हेर्दा साच्चै नै चार्ज थिएन र त्यो बेला बिजुली पनि थिएन । सोचे अब के गर्ने ,सिजन ले मेरो फोन को लागि प्रतीक्षा गर्दै होली । मैले फोन नगर्दा उनीले मेरो बारेमा कति नराम्रो सोच्छे होला । कति धेरै गाली गर्नेछे होला त्यो त म आफै अनुमान लगाउनु सक्थे । म पनि के गरू , साथीको मोबाइलको आसा मा सिजन लाई फोन गर्छु भनेका थिए , तर मोबाईलको चार्जले धोका दियो ।।
सिजन कि बारेमा सोचेर चिन्तित भए । यस्तै समय ले आफ्नो गति बढाउदै जादा राती को 12 बजि सक्यो । उसकी सम्झनाले गर्दा निन्द्रा नी लागेन । रात भरी चिन्ताले छटपटाई रहे ।
अर्को दिन बिहानै बिजुली आएको थियो । मैले साथीलाई भनेर मोबाईल चार्जमा हाल्नु लगाए । मोबाइल को ब्याट्री फुल भए पछि साथीले मोबाईल ल्याएर ल फोन गर भने । मैले मोबाइल लिएर सिजन कि टेलिफोन नो. Dial गरेर फोन गर्नु थाले । तर अचानक सिजनले राती 10 बजे मात्र फोन गर्नु भनेको कुरा याद आयो । मैले छिट्टै फोन काटेर साथीलाई मोबाईल दिदै भने ल अहिले राख राती तिर मलाइ दिनु । उसले सोधे किन अहिले के भयो र ? । मैले भने केही होईन , साथीले राति तिर मात्र फोन गर्नु भनेको छ । मैले केटीलाई फोन लगाउनु खोजेको उसले मेरो बोल्ने शैली बाट थाहा पाई सकेका थिए । हुन त कुनै केटाले केटीलाई पहिलो चोटी फोन लगाउदा खेरी हल्का लजाएको अभिनय गर्छ र पटक पटक बिस्तारै बोलेर आफैले आफ्नो स्वरलाई चेक गर्ने गर्छन |

No comments:

Post a Comment