प्रत्येक मान्छेहरु को मन एउटै हुदैन । सबको भिन्न भिन्न हुन्छन । कसैलाइ हासो मन पर्छ त कसैलाइ आशुको थोपाहरू मै रमाउनु मन लाग्छ । इ सब कुरो परिस्थिति अनुहार हुने गर्छन । नत्र कसलाइ खुसी मन पर्दैन र ? , तर जब जिन्दगीले पीडा दिन्छन् त्यो बेला आसुको पनि आफ्नो छुट्टै महत्व हुने गर्छन । जिन्दगी पनि सडक झै हो पनि भन्नु सकिन्छ किनकी प्रायः सबै सडकहरू बाङगो नै हुन्छन र जिन्दगीमा दुख पछि सुख , सुख पछि दुख जिन्दगी ले घुमाइ घुमाइ दिने गर्छन । जुन तरिकाले हामी कुनै सडक लाई हेरेर त्यसको गन्तव्य लाई ठम्याउनु सक्दैन त्यसतै जिन्दगी को कुनै मोडमा पुग्दा भबिष्यको कल्पना गर्नु सक्दैनौँ । सबै आ- आफ्ना तरिका लाई हुँदै छन । सबै को नीति बेग्ला बैग्लै छन । हामीलाइ सधै धैर्यता राख्नु पर्छ किनकी कुन बेला के हुन्छ त्यो त भगवान लाई मात्र थाहा छ र हामी भगवानलाइ मान्नु सक्छौँ , हेर्नु सक्दैनौं । त्यसैले हामी भोली को लागि आस गर्नु सक्छौं , कल्पना गर्नु सक्दैनौं ।
Starting .....
जीवन सँग छुटिएर म एयरपोर्ट भित्र गए । काउन्टरमा पासपोर्ट दिएर बोर्डिङ पास गराए । फलाइट Take off हुनु को लागि आधा घण्टा समय बाकी थिए । म Waiting Hall मा फलाइटको लागि प्रतीक्षा गर्नु थाले । एक्लै बस्दा बस्दै एकदमै Boring लाग्यो । जिवन र रक्षाको कथा सुने पछि मात्र उनीहरू कै अवस्थाको बारेमा सोचिरहे । उनीहरूको कथा सुने पनि फेरी पढ्नु मन लाग्यो । समय पनि धेरै बाकी थिए हल्का टाइमपास होस सोचेर । झोला बाट आफ्नो डायरी निकालेर पढ्नु थाले । जिवनरक्षा को कथा आफै ले लेखे पनि पढ्दा अलि अनौठौ जस्तो लाग्यो । म एक एक शब्द लाई धेरै भावुक भएर पढ्दै थिए । म कथालाइ एकदमै रोमाञ्चक तरिका ले पढ्दै गए । केही बेर पछि मलाइ पिसाब लाग्यो । मैले आफ्नो झोला र किताब एउटा कुर्सी मा राखेर टोइलेट तिर गए । टोइलेट बाट फर्किदा हाम्रो फलाइट उड्ने announce हुँदै थिए । समय हेर्दा फलाइट Take Off गर्नु पाच मिनेट मात्र बाकी थिए । म हतारिदै आफुले बसेको कुर्सी नजिक गएर आफ्नो झोला लिइ , प्लेन तिर गए । प्लेज सम्म पुर्याउनुको लागि एउटा बस राखेको हुन्थे । म बस मा चढे , बस कुददै प्लेन तिर गए । प्लेन नजिक पुग्दा सबै यात्रीहरू बस बाट अोर्लेर प्लेन मा चढ्नु थाले । Airhostess लाई टिकट देखाएर आफ्नो सिट भेटाए । सिटमा बस्दा , सिटको अगाडी केही किताबहरू राखेको देखे अनि बल्ल आफ्नो डायरी को याद आयो । मैले झोला बाट डायरी निकाल्नु खोज्दा , डायरी थिएन । अनि सम्झे हतार हतार मा मैले आफ्नो डायरी लाई Waiting hall मै छोडेर आएको छु । म फुत्त उठेर प्लेन बाट बाहिर निस्किनु खोजे तर Air hostess ले प्लेन Running गर्नु लागेछ भनेर जानू दिएन । म निरास भइ फेरी सिटमा फर्के । डायरी को एकदमै चिन्ता लाग्नु थाल्यो । म आखा बन्द गरेर डायरी गुमाएको मा शोक मनाए ।
एकछिन पछि आफ्नो आखा खोल्दा कसैले मेरो डायरी पढ्दै गरेको झै लाग्यो । आफ्नै डायरी हो , त्यो त भन्नु सक्दिन , मात्र त्यो डायरीको रङ्ग मेरै डायरी सँग Match गरेका थिए । त्यो पाठकले किताब ले आफ्नो अनुहारलाइ ढाकेर मैरे छेउकै सिट मा बसेका थिए । मैले Excuse Me भनेर उसको ध्यान भङग गरे । उसले किताब लाई तल गरेर Yes भने । त्यो पाठक त केटी रहेछे , उनलाइ हेरेर मेरो मुखबाट Wow भन्ने शब्द आफै निस्के । निस्किनु पनि किन होइन उनी धेरै नै सुन्दर थिइ , उनको नाक अलि चुच्चो , आखा मार्बल झै गोलो , क्याटबेरी जस्तो अोठ , दुबै गालामा डिम्पल , कपाल स्ट्रेट , कालो सुट लगाएकी थिइ । उनलाइ हेरेर यस्तो लाग्यो कि सायद भगवानले पनि उनलाइ धेरै नै फुर्सतमा बनाउनु भएको थियो होला । उनी स्वर्ग की परी झै लागे । म एकछिन उनलाइ टोलाइ राखे । Hello What happened ? भनेर उनले मलाइ बिउझाए । के म तपाइले पढ्दै गरेको डायरी हेर्नू सक्छु मैले उनलाइ डायरी देखाउनु प्रस्ताव राखे । किन भनेर उनले सोधे ? । अतिकै , के यो तपाइको डायरी हो भनेर सोधे । उनले ठाडो स्वरमा होइन , तपाइको हो भनेर म माथी रिसाइ । मैले त्यसतो केही भन्नु खोजेको होइन , मात्र सोधेको भनेर उनलाइ शान्त पार्नु खोजे । अनि के त , मलाई थाहा छैन र ? तिमी केटाहरूलाइ राम्री केटी हेर्नू नै नहुने फलर्ट गर्नु सुरू गरि दिन्छौ उनी डायरी लाई सिधा गर्दै झर्किदै भनि । मैले आफ्नो डायरीको कभरमा ( आशिक ) आफ्नो नाम लेखेका थिए । उनले हातमा च्यापेकी डायरी को कभर तिर हेर्दा त्यसमा पनि आशिक नै लेखेका थिए । अनि थाहा पाए Waiting Hall बाट उनले नै मेरो डायरी ल्याएर हातमा बोकेकी रहेछे ।
Rakshya " Part 2 "
आफु त्यो डायरी बाट अन्जान झै भएर तपाइको नाम आशिक हो भनेर सोधे । उनले नाइ किन ? भनेर सोधे । तपाइको डायरीमा आशिक लेखेको रहेछ त्यै भएर सोधेको मैले भने । उनले होइन , आशिक मेरो एउटा साथी को नाम हो भनि । साथी रे ? सोचेर म मनमनै हास्नु थाले । मैले उनलाइ आफ्नो डायरि पढ्नु को लागि छोडि दिए । आधा घण्टा पछि उनी डायरी को अन्तिम पेज मा पुगिसकेकी थिइ । मैले आफ्नो झोला बाट पासपोर्ट निकालेर उनले मेरो नाम हेर्ने गरि छेउमा राखि दिए । डायरी पढिसके पछि उनको नजर मेरो पासपोर्ट तिर परे । पासपोर्ट मा मेरो नाम ( आशिक ) रहेछ भन्ने देखेर उनी छक्क परे । सोचे सायद उनले मेरै डायरी हो भनेर थाहा पाई सकेकी रहेछे । उनको छक्क परेकी अनुहार देखेर म मुसुक्क हास्नु थाले । उनले आफ्नो सिर तल गर्दै मलाइ सोरी भनि । It's Ok अनि डायरी कहा भेटाउनु भएको ? मैले आफ्नो हासो लाई थाम्दै सोधे ।
तपाईं बस्नु भएको कुर्सीको पछाडी म बसेको थिए । जब म उठेर प्लेन तिर आउनु खोजे , तपाइको डायरी त्यै कुर्सीमा छुटेको देखे , कसले आफ्नो डायरी बिर्सेछ सोचेर डायरी उठाए , डायरी लाई पल्टार हेर्दा त्यसमा लेखेको शब्दहरू नेपाली अक्षर मै लेखे का थिए , सुरू सुरू को हरफ पढ्दा एकदमै दामी लाग्यो त्यै भएर पूरै डायरी पढु सोचेर यहाँ ल्याएको उनले निराशा मन का साथ डायरी दिदै भनि । धन्यबाद , यो डायरीको लागि म कति धेरै चिन्तित भएका थिए मैले आफ्नो डायरी लिदै भने । तपाईं लेखक हुनु हुन्छ भनेर उनले सोधे । होइन मैले निरास हुँदै भने । हजुरको कथा त अत्यन्तै मर्मिक छ कहाँ बाट लेख्नु भएको ? उनले सोधे । एउटा साथीले आफ्नो कथा सुनाएको थियो , त्यसैलाई आफ्नो डायरी मा अटाउनु खोजे मैले डायरी को पाना पल्टाउदै भने । अनि तपाईं के को लागि दुबइ आफ्नु भएको ? उनले प्रश्नमा प्रश्न गर्दै गइ । उसलाइ कसरी भनु , मेरो जिन्दगी पनि जीवनरक्षा कै कथा जस्तै हो , जीवन आफ्नो प्रेममा असफल भएका थिए र म आफ्नो जीवन मा । त्यै पनि जीवन खुसी थिए उसलाइ रक्षा बाहेक अरू कसै सँग केही गुनासो थिएन तर मलाइ मेरो भाग्य र भगवान दुबै सँग गुनासो थिए । म त दुबइ मा केही लाभ होस भनेर आएको थिए तर दुख भोगी घर फर्किनु लागेथे । अतिकै , टुरिष्ट भिसा मा घुम्नु आएको थिए भनेर आफ्नो यथार्थ कुराहरू लुकाए , अनि तपाईं भनेर उनकै माथी प्रश्न फर्काए । म नेपाल-दुबइ राजदुतावास मा नेपाली कामदार तथा मेनपावर बिच छलफल को सिलसिला मा दुई दिन पहिला आएकी थिए उनले भनि । उनी हेर्दा भरखर 19 / 20 बर्ष पुगेकी केटी जस्तो देखेकी थिइ । कसरी यति चाडो मेनपावर मा काम गर्नु सुरू गरेकी होली । सोचे हामी नेपाली युवा युवती हरूको अवस्था नै यस्तै रहेछन् 18 बर्ष पुगे पछि नै काम गर्नु सुरू गर्नु पर्दो रहेछ । त्यो प्रश्न नसोधु झै लागेको थिए तर मन लाई थाम्नै नसकेर तपाईं मेनपावर मा काम गर्नु हुन्छ भनेर झट्ट सोधि हाले । होइन , म मेनेजमेन्ट को दोस्रो बर्षे बिधार्थी हु , बाबा अलि व्यस्त भएकोले मलाइ जानू भन्नु भएको थियो , त्यै भएर आएकी उनले हास्दै भनि । सोचे सायद उसकी बाबा कै मेनपावर रहेछ । अनि तपाइको नाम भनेर सोधे । परी उनले झट्ट जवाफ दिई । अोहो स्वर्गकि परी झै केटी को नाम पनि परी नै रहेछ । क्या मिलाएर उसकी बाबा आमा ले उसकी नामकरन गरे होला है एकछिन उसनै बारेमा सोचि रहे । यस्तै मैले उनलाइ विभिन्न प्रश्नहरू सोधि रहे । उनले पनि अप्ठयारो नमानी मेरो हरेक प्रश्नको उतर दिदै थिइ । यस्तै कुराकानी गर्दा गर्दै यात्रा सकेको थाहै भएन ।
प्लेन हाम्रो त्रिभुवन इन्टरनेसनल एयरपोर्ट मा गएर झर्यो । मैले डायरी लाई राम्ररी झोलामा राखे । अनि झोला लिएर प्लेन बाट अोर्लेर एयरपोर्ट तिर गए । परी पनि म सँगै आउदै थिइ । समय हेर्दा रातीको तीन बजेका थिए । हल्का भोक पनि लाग्यो । Money Exchanger मा गएर आफु सँग भएको 100 दरहम लाई चेन्ज गराउदा 2400 नेपाली रुपैया पाए । त्यहा भएको एउटा रेस्टुरेन्ट मा गएर एउटा खाना पार्सल गराए । परी पनि सँगै थिइ , एक्लै खादा उनले के सोच्छे होली भनेर मैले उसको लागि पनि एउटा खाना पार्सल गराए । परी एउटा कुर्सीमा बसेकी थिइ । म दुई अोटा खाना लिएर परी को नजिक गए । उनलाइ एउटा पार्सल दिदा उनले भोक छैन भनेर मना गरि दिई । हया कस्तो भोक लागे छैन भन्या , प्लेन मा बस्दा देखि हजुर लाई केही खाएको देखे छैन , अनि यति बेला सम्म कसलाइ भोक लाग्दैन भनेर उनलाइ खाना खानु जिद्दी गरे । अन्तिम मा उनले हुन्छ भनी । हामी दुबै जना खाना खाएर केही कुरा कानी गरि रहे ।
करिब 6 बजे तिर हामी दुबै जना एयरपोर्ट बाट छुटिए । मैले परी सँग केही आस पनि राखेको थिएन किनकी जीवन को कथा सुने पछि , मेरो मनमा भएको केटी र प्रेम प्रति को बिश्वास बिलीन भइसकेका थिए ।
Rakshya " Part 3 "
एयरपोर्ट बाट बाहिर त निस्के तर त्यहा बाट कहाँ जाउ केही थाहा थिएन । बिदेशीएका मान्छेहरू घर फर्किदा उसको घर परिवार उसबाट धेरै नै सर समान को अास राखेको हुन्छ , त्यसतै मेरो पनि परिबार ले राखेको होला । म काठमाडौ आएको छु भन्ने कुरा मैले आफ्नो घरमा कसैलाइ भनेको पनि थिएन । एक्कसी घर जादा उहाँ हरूले के सोच्छन होला । आफ्नो एउटी सानी बहिनी पनि थिइ । दुबइ जानू अघि उनले दाइ मेरो लागि एउटा लेपटप ल्याइ दिनु भनेकी थिइ । मैले पनि निर्धक्क रुपले भनेका थिएकी तिम्रो लेपटप नल्याउनजेल म घर फर्किने छैन । दाइ ले मलाइ लेपटप ल्याइ दिनु हुन्छ भनि उनले कत्रो ठुलो आस राखेकि होली । तर अचानक खाली हात घर पुग्दा उसकी मनमा कती ठुलो चोट पुग्छ होला ।
गोजी मा जम्मा 1600 रुपैया मात्र थियो । अघि दुई अोटा खाना पार्सल लिदा 800 रुपैया तिर्नु परेका थिए । हैट नेपाली एयरपोर्टमा खाना पनि कति साह्रो महँगो रहेछ , 100 रपैयाको खानालाइ 800 रुपैया रे ? । तर भोक जो लागेथ्यो , न लिदा कहाँ बस्नु सकिन्थ्यो र ? । अब त्यो 1600 रुपैयाले के गर्ने होला , घर सम्म जाने बसको टिकट पनि 700 रुपैया पर्थ्यो । बाटो मा यता उता गर्दा गर्दै त्यो बाकी बचेको पैसा पनि सिधिनेथे । रितो गोजी सँगै घर पुग्दा घरपरिवार तथा छर छिमेकहरूले के भन्ला । सोचे जब सम्म आफ्नो अवस्था ठिक गर्दिन तब सम्म म घर फर्किने छैन भनि काठमाडौं मै बसे । गौसाला मा गई एउटा जानकी लज भन्ने गेष्ट हाउसमा दुई दिन बसे । ती दुई दिनमा मैले धेरै ठाउहरूमा काम खोजे तर कतै भेटिएन । भेटे पनि आफुले मन नपराउने काम र ज्याला पनि थोरै दिने भनेका थिए । त्यसैले निरास भइ लजमा फर्किनु परेका थिए । लज को भाडा , खाना र यातायात को पैसा तिर्दा 1500 रुपैयाँ सकियो । अब गोजी मा मात्र एक सय रुपैयाँ बाकी बचेका थिए । आफ्नो झोला लिइ लज बाट निस्केर बाटोमा अवारा जस्तै घुम्नु थाले ।
बाटोमा भएको दुकानहरु मा काम खोज्दा खोज्दै हिडि रहे । यसरी फेरी दुई दिन बित्यो । ती दुई दिन बिताउदा मेरो हालत नर्क झै लागे । पचास पचास रुपैया को खाना गरि , दुई दिनमा मात्र एक / एक थाल खाना खाइ बस्नु परेका थिए । बाहिर राखेको एउटा फोहोर बेन्चमा सुतेर दुई रात काट्नु परेका थिए । अर्को दिन म कोटेश्वर को एउटा एभरेस्ट बैक को एटीएम अगाडी राखेको एउटा कुर्सीमा बसेका थिए । आफ्नो अवस्थालाइ सम्झिदा रुनु पो मन लाग्यो । रितो गोजी सँगै रितो पेट , खइ कुने बेला होला त्यो यमराज सँग भेट । मसँग झोला र डायरी बाहेक अरू केही पनि थिएन । काम नपाएर म फेरी आफ्नो डायरी निकालेर जिवनरक्षा को कथा पढ्नु थाले । कथा पढिसक्दा आफ्नो अर्को लक्ष्यको बारेमा सम्झे । जुन मैले जीवन को कथा सुने पछि गरेका थिए । लक्ष्य यो थिए कि म नेपाल फर्केर रक्षा लाई खोज्छु अनि उनले किन जिवनलाइ धोका दिइ ,किन बिश्वास घात गरिन इत्यादी सबै प्रश्नहरुको उतर सोध्नेछु । किनकी मलाई थाहा छ कुनै पनि मान्छेहरूले आफ्नो बाध्यता का कारन कसैलाइ धोका दिन्छन वा बिश्वास घात गर्नु बाध्य भएका हुन्छन । त्यसतै सायद रक्षा को पनि आफ्नो केही बाध्यता होला , नत्र जिवनलाइ यति धेरै माया गर्ने केटी अचानक किन जिवनको माया लाई खुट्टाले ठोक्कर हानेर जान्थी ।
यस्तै धेरै कुराहरू को उतर खोज्नु जरूरी थियो । तर आफ्नो अवस्था पनि एकदमै गम्भीर थिए । आफु त बाच्नु नसक्ने अवस्थामा पुगेका थिए । ती अन्जान ठाउमा रक्षा लाई कसरी खोजेर प्रश्नहरूको उतर पाउथे होला । त्यै कुराहरू सम्झेर म निरास मन का साथ सिर नुहाएर , दुबै हात गालामा राखेर कुर्सी मै बसि रहे । अचानक कसैले केटीको अवाज मा हेलो भने । म छक्क परे , खइ त्यो केटी को होली , सोचे अघि देखि मलाइ कुर्सीमा बसेको देखेर उनले मलाइ गाली गर्नु आएछे कि के ? डर पो लाग्यो । म अलि नरभस भएर आफ्नो सिर उठाउदै उनी तिर हेर्दा परी पो थिइ । म ढुक्क भएर फेरी कुर्सी मै बसे । परीले मुस्कुराउदै फेरी मलाइ हाइ आशिक भनि । म अति धेरै कमजोर अवस्थामा पुगेथे कि उनलाइ हाइ पनि भन्नु सकिन । म उदास भएर चुपचाप बसिरहे । मैले केही जवाफ नदिदा उनको अनुहारको मुस्कान पनि बिलीन भयो । उनी मेरो नजिक आएर किन नबोल्नु भएको भनेर सोधिन । म केही जवाफ दिएनन् । उनले तीन चार चोटि फेरी सोधिन् तर पनि मैले जवाफ नदिएकोले उनले रिसाएर " ल ल तपाईंलाइ म सँग बोल्नु पनि गाह्रो भएको रहेछ " भनेर जानू थाले । सोचे म आफ्नो समस्या लाई क - कस सँग लुकाउदै घुम्छु एकदिन त सबैले थाहा पाउने नै छ होला , बरू आफ्नो समस्या को बारेमा परी लाई बताउदा उनी बाट कुनै उपाय त पक्कै पाउनेछु होला । म कुर्सी बाट उठेर परी भनेर जोरले कराउ । उनले मेरो अवाज सुनेर फेरी मेरो नजिक फर्केर आइन ।
Rakshya " Part 4 "
त्यसपछि मैले उनलाइ आफ्नो कथा , अवस्था को बारेमा बिस्तृत रुपमा सुनाए । उनले मेरो कथा रोमाञ्चक मानि सुन्दै थिइ । आफ्नो बारेमा उनलाइ सुनाइ सके पछि उनलाई Solution को बारेमा सोधे । तपाईं के काम गर्नु चाहन्नु हुन्छ भनि उनले मलाइ सोधे ? । अहिले यस्तो अवस्थामा छु कि कुनै काम नगरी बाच्नु सक्दिन मैले असफल मन भए झै भने । तपाईं एउटा काम गर्नुस् , हजुरले डायरीमा लेख्नु भएको कथा साह्रै राम्रो छ , यदि यसलाइ अझै रोमाञ्चक बनाउनु पाए किताब प्रकाशित गर्नु मिल्थ्यो की ? भनि उनले सल्लाह दिई । प्रकाशित कसरी ? भनि मैले Confuse भइ सोधे ? । चिन्ता नगर्नुस् प्रकाशनको खर्च म तिरौला भनि उनले सहयोग भाव देखाइ । उनले त्यसतो भन्दा मेरो मनोबल निकै बढ्यो । हस् , म आफु सक्दो कथा लाई रोमाञ्चक बनाउने कोसिस गर्छु भनि उनलाइ धन्यबाद दिए । म बाबालाइ फोन गरेर भनिदिन्छु , कथा त्यारी हुने बेला सम्म तपाईं बाबाको मेनपावर मा गएर काम गर्नुस , अनि कथा पुर्णरुपले त्यार भइसके पछि मलाइ दिनु ल भनि उनले आफ्नो बाबालाइ फोन लगाइ ।
केही बेर उनले बाबा सँग कुरा गरे पछि आफ्नो मेनपावर को ठेगाना दिइन । म त्यो ठेगाना खोज्दा खोज्दै मेनपावर सम्म पुगे । मेरो बारेमा परीले आफ्नो बाबालाइ पहिला नै भनिसकेकी थिइ , त्यै भएर म मेनपावर मा छिर्नु साथ एउटा मान्छेले मलाइ Welcome आशिक भनेर स्वागत गर्नु भयो । पछि थाहा पाए उहा नै परी कि बाबा हुनु हुन्छ । उहाले मलाइ काम को बारेमा सम्झाउनु भयो । काम पनि खासै केही थिएन , मात्र बिदेश जाने मान्छेहरूको डोकेमेन्ट , भिसा पेपर , सरम इत्यादी मिलाउनु पर्थ्यो । मेनपावर नजिक नै स्टाफ रुम थियो । खाना पनि होटेल बाट आउने ।
करिब एक हप्ता सम्म म त्यै मेनपावर मा काम गरिरहे । यता जिवनरक्षाको कथा मा केही कुरो थपेर अझै रोमाञ्चक बनाएका थिए । मैले परीलाइ पढ्नु दिदा उनले धेरै राम्रो छ भनेर कमेन्ट गरि । हामी दुबै जना सँगै फाइन प्रिन्टस् भन्ने छापा खानामा गए । त्यहा Expert हरुलाइ कथा देखाउदा त्यसको शीर्षक के राख्ने भनेर सोध्यो । यात्रामा हुदा भेटाएको कथा थियो त्यै भएर टुर लभ राख्ने प्रस्ताव गरे । सबैले टुर लभ भन्ने शीर्षक मन परायो । केही दिन पछि Tour Love बुक प्रकासित भयो । सुरूमा चल्दैन होला सोचेर 5० वटा मात्र किताब छपाएका थिए । परीले फेसबुक , ट्वीटर , टी भी , रेडियो , यस्ता विभिन्न सँचार माध्यम Promotion गराइन ।
सबैले टुर लभ लाई धेरै नै मन पराउदै गए । बिस्तारै बिस्तारै हाम्रो किताब धेरै मात्रामा बिक्री हुनु थाले । हरेक ठाउमा मात्र टुर लभ कै बारेमा चर्चा हुँदै थिए । हरेक युवा युवतिको मन मा मात्र टुर लभ का शब्द हरू थिए । यस्तै टुर लभ बाट निकै popularity सँगै अाम्दनी पनि भएका थिए । त्यसपछि म घर फर्किनु सक्ने भए । बहिनीको लागि एउटा लेपटप र आमाबाबा को यताउताको सर समान किनेर घर गए । घर पुग्दा सबै जना एकदमै खुसी हुनु भएका थिए । त्यसमा नि मेरो नाम समाचार पत्रको प्रमुख शीर्षक बनेका थिए । आमा बाबाले म बाट धेरै नै गर्भ गर्नु भयो ।
जीवन बाट छुट्टीएको करिब तिन महिना पछि ।
टुर लभ का पाठकहरू बाट रक्षा किन त्यसतो गरिन भनेर प्रश्न आउनु थाले । मलाइ पनि रक्षाको बाध्यता को बारेमा जान्नु थियो । टुर लभ र मेरो लक्ष्य दुबै अधुरा थिए । अब जसरी भए पनि मेरो लक्ष्य र टुर लभ पूरा गर्नु जरुरी थियो
। त्यसपछि म रक्षा लाई खोज्नु निस्के । जीवन ले भनेका अनुसार काठमाडौं को हट्टीवन भन्ने ठाउमा गए । त्यहा मैले रक्षा कि घर को बारेमा पता लगाउदा उनीहरू बसाइ सरेका रहेछ भन्ने थाहा पाए । उनले पढेको स्कुलमा गएर प्रिन्सिपल , सर , बिधार्थीहरू सँग सोधपुछ गर्दा , कसै बाट केही जानकारी पाउनु सकिन । सोचे उनको घर पता लगाउनु भन्दा पहिला , उनको ससुराली कहाँ होला भनेर पता लगाउनु जरूरी छ ।
म फेरी फर्केर हट्टीवन गए । त्यहा जिवनले बसेको घरबेटी को घरमा गए । सोचे सायद उहाले केही जानकारी दिनु हुन्छ कि । ढोका लाई खट्खटाए । उहाँले ढोका खोल्दै हजुर को हो भनेर सोध्नु भयो । म आशिक " जिवनको साथी " भने । उहाले भित्रै आउनुस भन्नु भयो । उहाले मलाइ चिया / कफी को Offer गर्नु भयो । म खान्न भनेर टारि दिए । रक्षाको बारेमा सोध्नु मलाइ हतार भएको थियो । मैले अरू केही कुरा नगरी पहिला रक्षा कै बारेमा उहालाइ सोधे । उहाको जानकारी अनुसार रक्षा कि बिहे भक्तपुरमा भएको रहेछ भन्ने कुरा थाहा पाए । Full adress सोध्दा उहाले थाहा छैन भन्नु भयो । अब यत्रो ठुलो भक्तपुर मा रक्षा लाई कहाँ खोज्ने होला भनेर अलि चिन्तित भए ।
करीब एक हप्ता सम्म म पागल जस्तै भक्तपुरमा भएको हरेक को घरमा गएर रक्षा को बारेमा सोधे । तर कतै भेट्नु सकिन । टुर लभ देखि परी सँग पनि राम्रै मेलमिलाप भएका थिए र परी कि घर पनि भक्तपुर मै छ भन्ने कुरा उनले आफै भनेकी थिइ ।
Rakshya " Part 5 "
सोचे परी भक्तपुर कि बासिन्दा छे । सायद उनको सहयोग बाट रक्षाको खोजतलास गर्नु सफल हुन्छु कि । मैले परी लाई फोन लगाए । परीले फोन उठाइ । परी कहा छौ तिमी भनेर सोधे ? । ( टुर लभ प्रकाशन तथा बिमोचन गराउदा हामी दुबै बिच एउटा मित्रता को नाता गसिएको थियो । त्यै भएर तपाईं भन्ने शब्द छोडेर तिमी भन्ने शब्द उच्चारण गर्नु थालेका थिए । ) घर मा छु किन र ? भनि उनले सोधे । तिमी सँग केही काम छ मैले भने । के काम भनेर उनले फेरी सोधिन । भेटेर भन्छु भनि आउनु अनुरोध गरे । म परिक्षाको त्यारी गर्दैछु , तिमी मेरो घर मै आउ उनले भने । मैले तिम्रो घर देखे छैन यार , कसरी आउ भनि सोधे । अरे ! पहिला पनि त एकचोटी तिमी बाबा सँगै कामको सिलासिलामा आएको थियौँ उनले भने । ( अनि बितेका पल लाए सम्झे , एकदिन मेनपावर बाट काम सकेर म बाटोमा यस्तै घुम्दै थिए । उसकी बाबा कार लिएर जाने बेलामा उहाले मलाइ देख्नु भएको थियो । उहाले मलाइ आशिक तिमी सँग केही काम छ भनेर कार का बसाउनु भएको थियो । अनि उहाँ कार लिएर आफ्नो घर को गेट बाहिर रोक्नु भयो र उहाँ घर भित्र जानु भयो । तब सम्म म कार मै बसिरहे । केही छिन पछि उहा कारमा फर्किनु भयो र मलाइ काम को बारेमा बिस्तृत रुपले भनि मेरो कोठा सम्म छोडि दिनु भयो । )Ok , तिमी घर मै बस्दै गर , म आउदैछु भनेर फोन काटिदिए ।
करिब आधा घण्टा पछि म उनको घर पुगे । अचानक उसकी बाबाले मलाइ आफ्नो घर आएको देखेर के भन्नु हुन्छ सोचेर अलि डर पनि लाग्यो । म उनको घर को गेट बाहिर पाच मिनेट उभेएर कसरी जाउ भनेर सोचिरहे । अनि बल्ल केही उपाय याद आयो । मैले उनलाइ फोन लगाएर ढोका खोल्नु अाग्रह गरे । तिमी कस्तो बुद्धु ढोका खोल्नु को लागि Bell बजाउनु पर्छ , फोन गर्नु पर्दैन उनले हास्दै भने । ल ल Bell बजाउदै छु अब त ढोका खोल् मैले पनि हास्दै भने । उनी आएर ढोका खोलिन् , अनि भित्र आउनु अाग्रह गरि । घर भित्र छिर्दा कसैले रोएको अवाज सुने । म छक्क परेर अोइ को रुदै छ भनेर सोधे । छ एउटी छिमेक कि आइमाइ सधै आफ्नो बुहारी लाई गाली गर्दै हुन्छन उनलाइ घृणित लागे झै भने । Huh , गाली किन र ? मैले सोधे । " बिहे को केही दिन पश्चात् त्यो अाइमाइ को छोेराको मृत्यु भयो , त्यै भएर आइमाइ ले आफ्नो छोरालाइ , उसकी बुहारी ले नै केही गरेर मारेको रहेछ भनेर गाली गर्दै हुन्छन " भनि परीले भने " ।
सोचे अझै पनि हाम्रो देश मा अन्धबिश्वास रहेछन् । बिचारी को श्रीमान मरेको मा त्यो केटीलाइ आफै कति धेरै समस्या हुँदै होला । त्यसमा नि उसकी सासुले गाली गर्दा , कुट्दा उनको के अवस्था भए होला । श्रीमानको मृत्यु मा उनको के दोष , बिचारी आफै श्रीमानको वियोग मा तडपि तडपि बाच्दै होलान् । तर के गर्ने हाम्रो समाज मा यस्ता धेरै कुबृती हरू छन , जुन हामीले चाहेर पनि हटाउनु सक्दैनौं किनकी यस्ता कुबृती हटाउनको लागि यसको जरा बाट उखेल्नु जरुरी हुन्छ ।।
हया बेकारको टेनसन नलेउ , यी सासू बुहारी को सधैको नाटक हो भनि उनले मलाइ कोठा भित्र जानू भनि । म कोठा भित्र गएर एउटा कुर्सी मा बसे । परीले चिया / कफी को अोफर गरीन । म खान्न भन्दा पनि उनले जिद्दी गर्नु थाले । हुन्छ कफी लिएर आउ भनेर कफी को अोफर स्वीकारे । ल तिमी एकछिन बस् म कफी बनाएर छिट्टै आएछु भन्दै उनि किचन तिर गई । उनी किचन तिर गई सक्दा फेरी कसैले जोरले कराएको अवाज सुने । सोचे सायद त्यै केटी रहेछ । त्यो केटी प्रति मलाइ एकदमै माया लाग्यो । ( परीको कोठा को झ्याल बाट त्यो केटी को घर प्रष्ट देखिन्थ्यो । ) म झ्याल खोलेर त्यो केटी को घर तिर हेर्दा , उनी आफ्नो घरको बरन्डामा बसेर आफ्नो हातले मुखलाइ छोपी रुदै थिइ । जब उनले आफ्नो हात तल गरिन , किन किन उनी रक्षा झै लागे । ( दुबइ मा , जिवनले आफ्नो कथा सुनाउने बेला मा म उसको मोबाइल तिर हेर्दा , उसले रक्षाकी फोटो आफ्नो मोबाइल को Wallpper मा राखेका थिए । त्यै भएर मलाई रक्षा कि अनुहार को सम्झना थियो । )
त्यो केटी र रक्षा कि अनुहार मिले झै लाग्यो । म झट्ट परी को घर बाट निस्केर त्यो केटी को घर गए । म उसकी घर भित्र प्रवेश गरे । त्यो केटी अझै पनि रुदै थिइ । म बिस्तारै बिस्तारै उसकी नजिक गएर हेर्दा Oh my god उनी रक्षा नै थिइ । उनलाइ हेरेर म छक्क परे । जीवनको मोबाइल मा हेर्दा " कहाँ उनी गुलाब को फुल झै मुस्कुराउदै गरेको रक्षा र अहिले हेर्दा " उनी सरद को महिना मा अोइलिए को रुख को पात झै लागे । उनी दुब्ली भइसकेकी थिइ , उनको अनुहार मा आसुको झर्सो परेका थिए , सायद उनको आखा को आसु पनि सुकिसकेका थिए कि उनले अती जोरले रुदा पनि आशु को एक थोपा पनि उनको अनुहार मा देखिन , उनको हातमा काटिएको केही दाग देखे । उनी गाउँ घर को खेतमा काम गरिरहेकी केटी झै लागे । शरीर भरी मैलो ले पुरिएका थिए । उनले लगाएकी सारी पनि कयौं महिना देखि नधोए झै लागे , उसकी कपाल पनि रुख्खा सुक्का भइसकेका थिए । टुर लभ मा मैले जुन बखान उनको सुन्दरता को बारेमा गरेको थिए , उनी त्यसको बिपरित भइसकेकी थिइ ।
यदि तपाँइलाइ प्रत्यक दिन नयाँ प्रेम कथा पढन मन लाग्छ भने यहाँ क्लिक गर्नुहोस अथवा हाम्रो मोबाईल एप डाउनलोड गर्नुहोस।
Saturday, February 4, 2017
Rakshya
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment