साझपख भएकाले उनि घरको थन्कोमन्को सकेर अोछ्यानमा पल्टिरहेकि थिइन। छेउमा उनको बच्चा निदाइ रहेको थियो। धेरै नजानेता पनि अाफ्ना मोबाइलमा २ दिन अगाडि सत्यनारायण भगवानको पुजामा खिचिएका केहि तस्विर पल्टाउदै अाफ्नो परदेशी श्रीमानलाई पठाइदिइन।
तुरुन्तै IMO मार्फत भिडियो कल गरेर
श्रीमानले भन्न लागेः कस्तो फोटो खिचेको यो..??
सलले शिर ढाकेर खिच्न सक्दैनौ..??
म बाहेक तिम्रो अर्को तर्फ चक्कर छ
त्यसैले उसैलाई पठाउन यस्तो फोटो
खिचेको होला नि..??
सधैको किचकिचले होला, उनि केहि बोलिनन्।
अाफ्ना अौलाका नङ्गहरु टोक्दै अाखा डुलाइरहिन।
श्रीमानले फेरि भन्न लागेः खै भिडियोमा
सिन्दुर देखिएन त, अब त सिन्दुर लगाउन
पनि छाडिछौ है..??
उनले बिस्तारै भनिनः रातको समय छ
त्यसैले नदेखिएको होला..।।
श्रीमानले रिसाउदै भन्न लागेः किन कुरा
बनाउछौ, सिधै जानि जानि नलगाएको भनन्..
उनले थपिनः त्यस्तो हैन त, दिनभर खेतमा
काम गरेर बेलुकिपख नुहाएकि थिए,
त्यसैले पुछियो होला, यसैपनि सामुन्ने
हेर्नु र भिडियोमा हेर्नु फरक परिहाल्छ नि..।।
श्रीमानले भनेः तिमी बदलियौ के बदलियौ,
तिमी पहिले जस्तो छैनौ..।।
म नेपालमा हुदा पनि मेरो वास्तै गर्दैनौ..।।
उनले भनिनः मैले कहिले हजुरको वास्ता राखिन र..??
श्रीमानले रिसाउदै भन्न लागेः नाटक नगर नाटक।
के मलाई थाहा छैन भनेको तिम्रो माइती गाउको
फलानो केटाले तिम्रो प्रत्येक Facebook को फोटोमा
Like & Comment गर्छ..।।
उनको बररर अाशु चुह्यो र रुदै
भन्न लागिनः त्यस्तो केहि पनि हैन,
अाखिर किन मलाई यसरी मानसीक तनाव दिनुहन्छ..??
श्रीमानले रिसाउदै थपेः जानु मन छ भने
गए हुन्छ, मेरा बालबच्चा छाडेर अाफ्नो बाटो
लागे केहि भन्दिन म, बरु टिका लगाएर
दक्षिणाका साथ बाटो खर्च दिएर बिदा गर्छु..।।
उनको असाध्यै मन दुख्यो अनि कहाल्लिएर रुन लागिन..।।
यत्तिकैमा सुतिरहेको बच्चा जागेर अामा रोएको देखेर बच्चा पनि रुन लाग्यो..।।
बच्चा रोएको सुनेर श्रीमानको रिस झन
बढ्यो र भन्न लागेः भाले सग लागेपछि माउले
अाफ्नै चल्ला ठुग्छ रे। त्यसैले मेरो रिसले
नानी कुट्यौ.. हैन..??
उनले रुदै भनिनः त्यस्तो हैन नानी सुतेको थियो
अनि जागेर रोएको..।।
श्रीमानले भन्न लागेः मलाई पढाउनु पर्दैन तिम्ले,
मलाई सबै थाहा छ। हैन.. तिमीलाई के मा
अभाव राख्या छ र मैले..?? खान, लाउन सबै
पुय्राएकै छु तर अाखिर के मा चित्त बुझ्दैन र
तिमी अाफ्नो व्यवरा सक्छौ..??
उनि रात भर मन दुखेर रोइ रहिन। जब उनले यो कथा मलाई सुनाइ रहेकि थिइन, उनि अझ डाक्को छाडेर रुदै थिइन। उनि रुदै भन्दै थिइनः
अाफु गलत छ भने अरुलाई पनि गलत नै
देख्दा रहेछन, जब अाफ्नै मनमा विश्वासको
अभाव छ भने अर्काको मनको अभाव कसरी
थाहा हुन सक्छ..?? खान, लाउन दिएर सोचे
जस्तै गर्न मिल्ने मेसिन त हैन त म पनि,
मेरो पनि मन छ तर मेरो भावना कहिल्यै बुझ्नुहुन्न..।।
नानी बच्चा छ, हरेक समय ऐना हेरेर बस्ने फुर्सद
पनि त हुन्न..।। एकछिन फोन उठाउन ढिला
हुदापनि गाली, फोन एकैछिन Busy भएको
भेट्यो कि गाली, अाखिर मैले कुन जनमको पाप
गरेको रैछु र खाको र नखाको एउटै बनाउनु हुन्छ..??
नजिक भएका परिवार अाफन्त समाजले
अाजसम्म अौला उठाउन सक्या छैन
समुन्द्र पारि बसेर यस्ता कुरा भनेको सुन्दा त
घर नै छाडेर गइदिऊ जस्तै हुन्छ।
अाफ्नो माइतीमावली, थर, साथीभाई सबै छाडेर
वहा कै नामको सिन्दुरपोते लगाएर सिमामा बसेपनि
अरुसगै लाग्यो भनेर भन्नु हुन्छ..।।
भाले सग लागेर चल्ला ठुग्छस रे,
अाखिर किन मलाई यसरी टोकिरहनु हुन्छ होला..??
यसो गर्दा नि नहुने, उसो गर्दा नि नहुने,
म त अब थाकिसके, सबैलाई काल अाउछ
मलाई चै किन बिर्सेको होला नि..
उनि रोइ रहिन, अाफ्ना व्यथा पोख्दै मन दुखेर उनि रोइ रहिन।
..
..
..
धेरै थिए भन्न तर यत्ति अवश्य भन्छु,
लेखकको तर्फबाटः
अाफ्ना नजिकका मान्छेको मनको कुरा सुनिदिनुहोस, उसलाई अाफ्नो भावना पोख्ने समय दिनुहोस। तपाईले यदि बोल्नमा स्वतन्त्रता दिनु भएन भने ऊ पनि मान्छे हो उसको अात्मसम्मानमा ठेस पुग्छ र उसले गलत कदम चाल्न पनि पछि पर्दैन। अाज धेरै परिवारमा अामाबुवाको सन्तानले इच्छाविपरित काम गर्दछन, श्रीमानश्रीमती बिच फाटो अाउनुको मुख्य कारण मध्ये यो पनि एक हो कि कसैको अावाजमा निरङ्कुशता नलगाइ दिनुहोला है..।।
..
..
..
तपाईलाई कथा कस्तो लाग्यो, कृपया Comment दिन नभुल्नुहोला ल..।।
No comments:
Post a Comment