त्यसदिन देखि । जब त्यो सर हाम्रो क्लास मा आउनु हुन्थ्यो । हामी लाइ यसै हासो उठ्थ्यो । बिनाकारण नै मस्तिष्क ले मलाइ हास्ने सँकेत दिन्थे र जब म हास्थे । उ पनि म सँगै हास्थी । अनि हामीलाइ हासेको हेरेर । उहाँ सधै हामीलाइ क्लास बाट बाहिर निकाल्नु हुन्थ्यो । त्यसपछि के थियो र ? , उहाको क्लास कहिले गरेनौं हामीले । कुनै कुनै दिन शान्त भएर बसेको हुदा । उहाले आफ्नो विशेष ध्यान हामी तिर राख्नु हुन्थ्यो । त्यसैले न त उहाँ शीत राम्ररी पढाउन सक्नु हुन्थ्यो । न त हामी पढ्थ्यौँ ।
परीकी एउटा बानी थियो । क्लासमा फुर्सद भएको बेला बबल गम खाने । उ जुन बेला नी बबल गम चबाको चबाइ हुन्थी । उसले गोजीमा जहिले पनि एकस्ट्रा बबल गम राखेकै हुन्थी । मैले कति चोटी उसलाइ भनेको थिए । यत्रो ठुलि भयौँ , के बच्चा जस्तो बबल गम खाएकी ? । उसले प्रतिक्रिया मा भन्थी । के बच्चा जस्तो भन्या , बबल गम मा कतै लेखेछ र ? बच्चाले मात्र खानु हुने । उसकी प्रतिक्रिया नै यस्तो ठोस हुन्थ्यो कि म त्यो कुरा लाई दोहोराउनु नी सक्दिन्थे । खेर उसले बबल गम खाएको मा मलाइ केही समस्या थिएन । बरू अझ रमाइलो लाग्थ्यो । प्रायः उ बबल खादा खादै लास्टमा बेलुन जस्तो बनाउथी । र जब त्यो बेलुन फुट्थ्यो । बबल गम उसकी नाम सम्म पुगेको हुन्थ्यो । र उ पुन; नाक बाट छुटाएर खानु थाल्थी । उसलाइ त्यसतो गरेको हेर्दा म घिन लागेको अभिनय गर्थे । र नाक खुम्चाइ छि छि , कस्तो फोहोरी सिगान पनि खाएकी भनेर उनलाइ जिस्काउथे ।
उ मेरो कुरा सुनेर । उल्टै मलाइ व्यङ्ग्य गर्नु खोज्थी । के रे , म फोहोरी कि तिमी फोहोरा । म फेरी उसलाइ जिस्काउथे । तर जब उ सँग कुनै तर्क हुदैन्थ्यो । उ सन्की दिन्थी र मैले जति बुलाउदा पनि सुन्दिन्थे । पछि आफै मलाइ भन्नु कर लाग्थ्यो । सोरी , तिमी त नेपाल की राजकुमारि , तिमी लाई फोहोर ले छुनु पनि सक्दिन । म पो हु त फोहोरा । अनि उ मेरो कुरा सुनेर । खुब हास्थी र बोल्नु सुरू गर्थी ।
एकदिन मैले उ बाट बबल गम मागेको थिए । किनकी उसलाइ हेरेर मलाइ पनि खाने रहर पलायो । किन , तिमीलाइ पनि बच्चा बन्नु मन लाग्यो र ? उसले हास्दै सोधी । म पनि हासे र भने तिमी बच्चा बन्नु सक्छौ भने मलाई ठुलो हुने कुनै रहर छैन । उ खुब जोरले हासी र मलाइ एउटा बबल गम दिई । त्यसपछि म पनि बबल गम खानु थाले । म आफै किनेर कहिले ल्याएन । मात्र उ बाट माग्थे । कहिल काहीँ उसले नदिदा म आफै जबर्जस्ती उसकी गोजी बाट खोस्थे । खोस्ने बेला मा उ मलाइ पन्छयाउनु खोज्थी । तर जब म उसकि दुबै हात समात्थे । उ मेरै बस् मा पर्थी । एकदिन त यति नै भयो । उ मलाइ पन्छयाउदै बबल गम दिन्न दिन्न भनि रहीकि थिइ । म भने जबर्जस्ती उसकी पछि लागि परेको थियो । अचानक मैले उसकी देब्रे हात समातेर जोरले आफु तिर ताने । उ मेरो अँगालोमा लप्क्क टासी र मैले उ बाट बबल गम खोस्नु खोज्दा । मेरो हात उसकी छाती मै परेछ । जब मलाइ महसुस भयो । त्यो उसकी छाती का अङगहरू हुन । म आफै उ बाट छुटिए । उ भने केही प्रतिवाद गरिन । तर उ मौन थिइ । मेरो पनि डरले सातो नै गएको थियो । त्यो दिन भरी हाम्रो केही कुरा भएन । मात्र एकअर्का सँग आखा ठोकिदा । आफै आखा झुकाउनु विवस हुन्थे ।
अर्को दिन । उ सदा झै कलेज आएर मलाइ गुड मर्निङ भनि । मलाइ लाग्यो । उसले हिजो को कुरा सब बिर्सेकी रहेछ । त्यसैले मैले पनि याद गर्नु खोजिन । त्यसपछि हाम्रो सब कुरा नोरमल भयो । पहिला को झै । र त्यसदिन देखि जब म उ बाट बबल गम माग्थे । उ केही प्रतिवाद न गरि मलाइ बबल गम दिन्थी । एकदिन मैले उसलाइ बेलुन बनाउन सिकाइ देउ भनेका थिए । उ जोरले हासी र सोधी किन र ? के गर्छौ तिमी बेलुन बनाएर । मैले नी हास्दै भने । तिमी जे गर्छौं त्यै । उसले हुन्छ भनि र मलाइ सिकाउन त्यार भइ ।
उसले भनि । पहिला बबल गम लाई जिब्रोले तानेर लामो बनाउ । मैले बनाए । उसले पुन; भनि । अनि त्यो बबल गमलाइ लम्बयाएर आधा जिब्रोको माथी र आधा जिब्रो को तल राख् । मैले त्यसतै गरे । उसले फेरी भनि । अब जिब्रो लाई हल्का बाहिर निकालेर त्यो बबल गम भित्र हावा फ्याक्नु कोसिस गर । मैले जिब्रो बाहिर निकालेर जोरले फु गर्दा । मेरो मुख बाट बबल गम निस्केर । उसकी मुख मा गएर टासियो । हा हा । मलाई खुब जोर ले हासो उठ्यो । उ भने रिसले अनुहार रातो बनाएकी थिइ । र मुख बाट बबल गम हटाएर । मेरो पाखुरा मा आफ्नो हात ले प्याटट कुट्नु थाले । मलाइ चोट भन्दा धेरै हासो लागि रहेको थियो । उ भने हान्दा हान्थी थाकी र रिसले सन्की दिई ।
क्रमश......
Don't forget to download our android mobile apps!
No comments:
Post a Comment