यदि तपाँइलाइ प्रत्यक दिन नयाँ प्रेम कथा पढन मन लाग्छ भने यहाँ क्लिक गर्नुहोस अथवा हाम्रो मोबाईल एप डाउनलोड गर्नुहोस।

Sunday, April 2, 2017

परी " A Romantic love Story " Part :- 18

म सँग एउटा सिक्का थियो । जुन परी ले नै दिएकी थिइ । जब म उसकी घर गएको थिए । दिने बेला । उसलै भनेकी थिइ । जब यसलाइ हेर्छौ तिमीलाइ मेरो याद आउनेछ । हो रैछ , जब जब म त्यो सिक्का हेर्छु ,म उसलाइ धेरै मिस गर्छु । मेरो एक्लो पन मा त्यो सिक्का मेरो एउटा साथी झै काम गर्छ । त्यसैले होला म कहिले पनि एक्लो फिल गरिन । प्रिया सँग ब्रेकप भएसी त्यै हेरेर म आफ्नो दिन कटाउथे । एक मिनेट । ब्रेकप होइन । ब्रेकप त लभ परे पछि हुन्छ । हाम्रो प्रेम को सुरूवात नी कहाँ भएको थियो र ? । त्यसैले ब्रेकप न भनम् । मित्रता टुटे पछि त्यै सिक्का उसकी ठाउ लिएका थिए । मेरो तन र मन दुबै मा ।

क्लासमै थिए एकदिन । त्यो बेला सर आउनु भएको थिएन । त्यसैले त्यै सिक्का हेर्दा हेर्दै निदाएछु । भुसुक्कै । बिउझिदा सर पो पढाउदै हुनु हुन्थ्यो क्लास मा । मलाइ बिउझेको हेर्दा । सर ले भन्नु भयो । यता सिनेमा चालु भा छैन , एकछिन अरू सुत्दा हुन्छ ? । सब साथीहरूको हासो क्लास भरी गुजियो । म भने नर्भस् । सोरी सर ? लुथ्रुक्क परेका कुखुरा झै मैले भने । सर अलि सिम्पल नै थिए । त्यसैले मलाइ खासै डर लागेन । "मुख धोएर आउ" उहाले भन्नु भयो । म निस्के क्लास बाट अनि लागे । बाथरुम तिर । लुरु लुरु ।

बाथरुम बाट क्लासमा फर्किदा । सर गई सक्नु भएको थियो । प्रिया लाई हेर्दा । उ मेरै बेन्च मा बसेकी थिइ । हातमा केही लिएर पुरै आश्चर्यचकित भाव का साथ । मलाइ केही अनौठौ लाग्यो । छेवैमा गएर हेर्दा । मेरो पो सिक्का हातमा लिएकी रहेछे । उ मलाइ हेर्ने बितिकै सोधिन् । आशिक , तिमीलाइ यो कहाँ भेट्यो ? । वाट ? म छक्क पर्दै सोधे । तिमीले यो कहाँ बाट ल्यायौँ ? उसले फेरी सोधिन् । किन र ? मैले उल्टै प्रति प्रश्न गरे । उसले मेरो हात समाती र मलाइ कतै लग्नु थाली । कहाँ लगेको मैले उसलाइ कयौं पटक सोधे तर उसले बारम्बार भनिरहे । आउन एकछिन । म पनि गए उसँगै । लेडिज टोइलेट आए पछि उसले मेरो हात समातेर जबर्जस्ती भित्र तान्नु खोजी । हेइ , यो के गरेको ? मैले छक्क पर्दै सोधे । आउन भन्या भन्दै उसले मलाइ टोइलेट भित्र लगि र भित्र बाट चुकुल लगाउन थाली । मलाइ भने डरले पसिना निस्किनु थाल्यो । के गर्नु लागेकी यस्तो ? मैले सोधे । किनकी म पुरै आश्चर्यचकित भएका थिए उसकी त्यसतो व्यवहार देखेर । उ आफ्नो कोट खोली । मेरो त होस नै उड्यो । अनि टाइ खोली । त्यसपछि सर्ट । उ मेरो अगाडी मात्र ब्रा मा थिइ । म लाज ले आफ्नो मुख छोप्नु थाले । उसले मेरो हात लाई तल गर्दै भनि । आशिक हेरन् यता । छिटो कपडा लगाउ त , तिमी कस्तो केटी हह अलिकति नी लाज लाग्दैन तिमीलाइ ? मैले हातले आफ्नो मुख छोपेर भने । हया हेरन् पहिला ! उसले मेरो एउटा हात तानेर आफ्नो कम्मर तिर लागि । उसकी कम्मर तिर छुदा । मलाइ केही खर्सो जस्तो फिल भयो । मैले आखा घुमाएर उसकी कम्मर तिर हेरे । एउटा दाग जस्तो थियो । सेम सेम मेरो सिक्का झै । मलाइ त केही फुरेन । टोटली सकक्ड नै भए र सोधे । यो कसरी भयो ? । उसले भनि यो मेरो जन्म भए देखि नै हो । पहिला पहिला अलि सानो थियो । तर जसरी मेरो उमेर बढ्दै गयो । यो पनि ठुलो हुदै गयो । मैले कति पल्ट डाक्टर लाई देखाए । तर उहाले जे अौषधी दिदा नी ठिक भएन  एक चोटी एउटा ठुलो बाबालाइ देखाएको थिए । उहाले भन्नु भयो कि मैले पछिल्ला जुनी मा केही नराम्रो काम गरेथे रे ? त्यसकै परिनाम छन अरे । तर मलाइ ती कुराहरू मा बिश्वान लागेन । करिब 18 बर्ष कि भएसी सधै राती म एउटै सपना देखेर तर्सिने गर्छु । सपना पनि कति अनौठौ । एउटा केटा हुन्छ । जसले मलाइ धेरै माया गर्छ । तर हाम्रो मिलन हुदैनन् । रहस्य खोज्नु जादा मलाइ त्यो सिक्का बाहेक अरू केही देख्दिन । त्यसैले सोधेको ? । तिमी सँग यो सिक्का कहाँ बाट आयो ? भन । किनकी मलाइ लाग्छ । यो त्यै सिक्का हो जसलाइ म सपना मा देख्ने गर्छु । र मेरा कम्मर मा दाग छ ।

बल्ल चिनेकी रहेछे । उसले आफु लाई । उ को हो भनेर । भित्रै बाट म एकदमै खुसी भए । र भने । तिमी आफ्नो कपडा लगाउ म बाहिर सुनाउछु  । उसले हुन्छ भन्दै । आफ्नो सर्ट , टाइ र कोट लगाइ र पुनः त्यार भइ । लेडिज टाइलेट मा थियौँ हामी । त्यसैले बाहिर निस्कनु मा समस्या नै थियो । बढो सावधानी पुर्बक दायाँ बायाँ हेरेर टाइलेट बाट बाहिर निस्के । तर अचानक एउटी म्याडमले हामीलाइ सँगै निस्केको हेर्नू भएछ । हामी मुख छोप्दै फुत्त कुदेर भागे त्यहा बाट ।

भाग्दा भाग्दै । श्वास प्रकिया बढ्नु थाल्यो । मुटु को गति पनि तेज भएको थियो । सँगै बसे । गार्डन् नीर । त्यहा छेउछाउमा मा अरु कोइ देखिएन । उ मेरो नजिक थिइ । पहिला भन्दा धेरै । एकछिन थकान मेटिसके पछि । उसैले भनि । ल भन् अब ।

क्रमश......

No comments:

Post a Comment