यदि तपाँइलाइ प्रत्यक दिन नयाँ प्रेम कथा पढन मन लाग्छ भने यहाँ क्लिक गर्नुहोस अथवा हाम्रो मोबाईल एप डाउनलोड गर्नुहोस।

Wednesday, February 8, 2017

-मेरो आँट,,!!"

'शिब,,,' मेरो बिहे हुदै छ भन्ने कुरा त तिमीले थाहा पाइ'सक्यौ होला। यो हाम्रो अन्तिम भेट हो। यदि तिमी संग हाम्रो सम्बन्ध को केहि निशानि हरु छन् भने सबै मेटाई दिनु, अनि तिमी संग खिचेका ति फोटा हरु प्लिज सबै डिलेट गरिदिनु।
'तिमी किन केही बोलि'रहेका छैनौ,,,?
:
'आयुशा' अझ के-के भन्दै थिइन्, म नि:शब्द टोलाइ रहेको थिए। आँखा वरिपरी अंधकार छाइ'रहेको थियो। बोल्न मन लागि रहेको थिएन। आफ्नै अघि आफुले चाहेको मान्छे को बिहे कहि दुर कुनै अपरिचित ब्यक्ति संग हुदै छ भने कुरा थाहा पाउदा कस्को मन नरोला र।
:
आयुशा यति भन्ना साथ मेरो काँध मा हाथ ले थप्थपाउदै निन्याउरो मुहार लगाउदै त्यहाँ बाट घर तिर लागिन्।
उस्लाई रोक्न का लागि न मेरा हाथ हरु उठि रहेका थिए न त एक शब्द बोल्न नै सकि रहेको थिए।
:
आयुशा लाई 'धोके-वाज' भनेर आरोप लगाउने कुनै ठाउ पनि थिएन। किन कि उन्ले पहिले नै भनेकि थिइन् कि-:
"घर मा मेरो बिहे गरिदिने कुरा चल्दैछ, मलाई छिट्टो घर मा माग्न आउ यदि मागेर दिएनन् भने हामि भागेर बिहे गरौला"
:
तर मैले उस्लाइ घर मा माग्न जाने आँट जुटाउन सकि रहेको थिइन। आज-आज, भोलि-भोली भन्दा भन्दै उस्को बिहे हुने दिन् नजिकिएको पत्तै भयन।
:
"भोलि पल्ट.......!!
आयुशा को कुनै अपरिचित ब्यक्ति संग धुमधाम संग बिहे हुदै थियो। सबै बिहेको ताम्झाम मा लागि'रहेका थिए। सबै जना खुशि पनि देखिन्थे केवल हामि दुई बाहेक।
:
आफ्नै अघि आयुशा को सिंउदो अरु कसैले रंग्याए को म हेर्न सक्ने थिइन त्यसैले एका-बिहानै मेरो मिल्ने साथि लाई लियर मन मा कयौं पिडा हरु दबाउदै गाउ देखि केहि टाढा लागे।
:
"साँझ पख......!!"
दिन् भरि यता उति भौतारिएर घर फर्किदै थियौ। टेन्शन ले गर्दा 'एक प्याक' तानि सकेको थिए। सायद पहिलो पटक पिएको भयर होला धेरै लागि रहेको थियो। हामि दुई एक अर्का को सहारा मा चुरोट को धुवाँ उडाउदै अघि बढि रहेका थियौ। एक्कासि पछाडि बाट एउटा आवाज मेरो कान मा गुञ्जियो। जब मैले पछाडि फर्किएर हेरे मेरो पुरा नशा नै उत्रियो, म एक-टक हेरेको हेरै भय जब मैले आयुशा लाई आफ्नो अघि देखे।
:
"थुइक्क 'पागल' रक्सि पनि पिउन थालेछौ हैन"
उस्ले यस्तो भन्दा भन्दै बिच् मै हतारिदै मैले प्रस्न तेर्साई हाले " तिम्रो त आज बिहे हैन र,,?"
:
"पागल बिहे मेरो होइन दिदि को हो। मेरो बिहेको कुरा सुने पछि हिम्मत बटुलेर मलाई माग्न आउने आँट गर्छौ कि भनेर त्यसो भनेकि थिए। आँट त बटुलेछौ तर 'रक्सि पिएर जडियाँ'
:
आफुले चाहेको मान्छे गुमायको सोख मा पिएर पागल जस्तै भौतारि रहेको बेला उ नै आफ्नो अगाडि आएर उभिएको देख्दा मेरो खुशिको कुनै सिमा नै रहेन। उस्लाई अंगालेर बिच् बाटो मै रोइदिए लाजै नमानि।
:
भोलि आयुशा को घर मा उस्लाई माग्न जादै छु। दिय मागि बिवाह गरिन्छ नदिय भागि बिवाह गरिन्छ।
एक चोटि धन्न,धन्न उस्लाई गुमाउन बाट बचेको छु फेरि यसो गरेर उस्लाई गुमाउन चाहन्न।

!!moral-आँट एउटा यस्तो शक्ति हो जो अपनाइयो भने बाघ को मुख बाट पनि आहार खोस्न बाट पछि परिदैन!!

No comments:

Post a Comment