यदि तपाँइलाइ प्रत्यक दिन नयाँ प्रेम कथा पढन मन लाग्छ भने यहाँ क्लिक गर्नुहोस अथवा हाम्रो मोबाईल एप डाउनलोड गर्नुहोस।

Wednesday, February 8, 2017

-तिमी आए देखि,,!!"

♡आज तिमी मेरि जिवन साथि भयकि छेऊ। मैले देखेको सपना आज पुरा भयको छ।
कुनै समय आफ्नै घर मा रमाउदै बसेकि तिमी आज त्यहि घर बाट बिदा भै मेरि जिवन संगिनि भयकि छेऊ। मलाई बिश्वास छ, तिमी पनि खुशि छेऊ भन्ने।
!!
♡कुनै समय तिमीलाई पनि मन पराउने धेरै आए'होलान्। हुन सक्छ कसै संग तिम्रो पनि मन् बसेको थियो कि अनि समय क्रम संगै केहि बाध्यता हरुले आफै किनारा लाग्यो कि त्यो प्रेम। जे सुकै होस् अब त्यो सम्झिएर पनि के फाइदा अब त भुल्नु पर्छ त्यो बिगत लाई अनि बाँच्न सिक्नु पर्छ आजको बर्तमान मा।
!!
♡एउटा कुरा मा ढुक्क हुनु तिमी कि तिम्रो हिजो को बिगत सम्झिएर कुंडिने छैन म, त्यस्ले कुनै असर गर्दैन मलाई, किन की मैले आज कि तिमीलाई माया गरेको छु। हिजो तिमी के थियौ भन्ने संग केहि लिनुदिनु छैन मलाई। केहि बिगत हरु त जो संग पनि हून्छ सायद म संग पनि त थियो होला। मुख्य कुरा के हो भने हिजो को बिगत ले आजको बर्तमान बिथोल्नु हुदैन तिम्रो पनि र मेरो पनि।
!!
♡थाहा छ आमाले भन्नु भा'को तिमी आए पछि म पनि ब्यवस्थित् भा'को छु रे।
मलाई पनि त्यस्तै लाग्छ, साथिहरु संग दिनभरि भुलेर राति अबेर घर आउने म अचेल त घरमै बसिरहु जस्तो मात्रै लाग्छ मलाई तिम्रै वरि परि।
!!
♡बाहिर जाँदा एक्लै हुदा के-के खाने म अचेल त केहि खान लाग्दा पनि झ्वाट्ट तिमीलाई सम्झिन्छु अनि संगै खाने रहर बढेर आउँछ। साँच्चै भनु भने आफ्नो भन्दा पनि बढि माया लाग्छ मलाई तिम्रो।
!!
♡तिमी खाना कुरेर बसेकि हौलि भनेर नै हो म जहाँ पुगे पनि चाँडै घर फर्किन्छु। एकछिन् तिमी छेउ मा भैन्यौ भने कस्तो छट्पटि हुन्छ मलाई खै के भाको बुझ्नै सकिराको छैन। मलाई संधै यसरि नै माया अनि ख्याल गर्नु ल,,!
!!
♡एउटै सिरानि हालेर सुतेपछि कहिले काँहि लात् पनि लाग्छ भन्छन् हामि बिच मा पनि कहिले काहि ठाक,ठुक पर्छ होला त्यति बेला आवेश मा नाना,भाति भन्छु होला मैले तिमीलाई। कहिले काहि अभाव हरु को कारण मनका इच्छा हरु मार्नु पर्ने तिमीले  त्यस्ता अप्ठ्यारा हरु मा मन न दु:खाउनु।
!!
♡के खाऊ के लाऊ भन्नु नपरेर सुख-खुशि मा हुर्किएकी तिमीलाई आफ्नो अप्ठ्यारा हरुको भागि बनाएको छु। पक्कै पनि कमि हरु खट्किने छन् म बाट। तिम्लाई सुखी बनाउन नसके पनि खुसि बनाउन भने संधै लागि परि'रहने छु। संधै भरि हँसाउन नसकुला तर तिमी रूँदा संधै संगै रुने छु। दुई छाक मिठो,पिठो जे पाक्छ चुलोमा बाँडि,चुडि खाउला।
!!
♡धेरै लामो जिन्दगि संगै बाँच्नु छ अब हामि ले। मैले तिम्रा लागि तिमिले मेरा लागी।
एउटि श्रिमति श्रिमति मत्र नभएर एउटा असल मित्र पनि हुन्छिन् भन्छन् मैले पनि तिमी बाट त्यहि अपेक्षा गरेको छु।
!!
♡सबै कुराहरु चाहे जस्तो पनि न होला, आखिर जिन्दगि भनेकै सम्झौता त होनि।
!!
♡हरेक पुरुष संग जस्तै म संग पनि एउटा सपना थियो मलाई बुझ्ने म संग सुख, दु:ख बाँड्ने एउटा जिवन साथि होस् आज त्यो सपना पुरा भयको अनुभुति हुदैछ मलाई।
!!
♡तिमीलाई संधै भरि यसरि नै आँखै मा सजाई रहन पाऊ,, मुटु भित्रै लुकाई रहन पाऊ,, तिम्रो साथ अन्तिम श्वास रहदा सम्म पनि जिउन पाऊ,, बस् यति भय जस्तो सुकै परिस्थिति संग पनि जुध्न सक्छु म।

#साभार

No comments:

Post a Comment