बिहानी पख ओछयानमा सुती रहेको रामको
मोबाईलमा दुई पटक घण्टी बज्छ । अनि उसको निन्द्रा
खुल्छ । कुन चै रैछ बिहान बिहानै मिसकल गर्ने । उ नम्बर
हेर्न थाल्छ नम्बर नयाँ थियो । कसैलाई एमेरजेन्सी परेर
मिसकल गरया हो की रिडायल गर्छ । उताबाट फोन
रिसिभ गर्छ ।
हेलो...केटीको आवाज सुनिन्छ । एकछिन छक्क पर्छ ।
रमेशः यो नम्बरबाट मिसकल आएको थियो । त्यही भएर
कल गरेको...हजुर को बोल्नु भएको ।
उताबाट जवाफ आउछः म निशा बोलेको....चिन्नु भएन
हजुरले । रमेश फेरी एक पटक टोलाउछ ।
रमेशः को निशा...मैले चिनिन नि ।
निशाः हजुर पनि कस्तो कुरा गर्नु हुन्छ...चिनेर पनि
नचिने झैं ।
रमेशः ल ल चिने भन्दै रमेशले फोन राख्छ । अनि गुन
गुनाउछ....एक त निन्द्रा खराब साथमा दिमाग पनि
खराब ।
भोली फेरी त्यही समयमा मिसकल हैन फोनै गर्छे
निशाले । रमेशले कल रिसिभ गर्छ ।
रमेशः हेलो....
निशाः गुड मर्निङ्ग...।
रमेशः गुड मर्निङ्ग....को बोल्नु भएको होला ।
निशाः म निशा बोले कि ।
रमेश फेरी झस्कन्छ ।
यसरी बित्दै जान्छ । त्यस पछिका दिनहरुमा दुई
तर्फि फोन कल चल्न थाल्छ । एकले अर्काको बारेमा
सोधी खोजी गर्छन । उनले अविवाहित भएको भन्छिन ।
यता रमेश पनि अविवाहित थियो । बिस्तारै यिनीहरुको
माया पिरती बस्छ । फोन कल मै झण्डै एक बर्ष बित्यो
पत्तै भएन रमेशलाई । रातको निन्द्रा पनि विस्तारै
खोसिदै थियो रमेशको । माया पनि अचम्मको हुँदा रैछन ।
त्यसैले त भन्छनः मायाको कुनै रंग रुप हुदैन । कहा कति खेर
कोसंग बस्छ । थाहै हुन्न ।
निशाको फोन आउछ ।
रमेशः हेलो निशा म तिम्रै फोन कलको प्रतिक्षा थिए ।
बल्ल मन ढुक्क भएर आयो । निशा तिम्रो बोली सुन्न
नपाउदा म पानी बिनाको माछा झैं छटपटिने गर्छु ।
प्लीज फोन गर्दै गर्नु माया नमार्नु है निशा । रमेश
एकहोरो बोली रहेको थियो । उताबाट निशा हेलो हेलो
भन्दै थिए । एकोहोरो मायाको अघि कस्को के लाग्दो
रैछ र । अनि रमेश झस्कन्छ । आफूलाई सम्हाल्न पुग्छ । म
कस्तो पागल भएको है निशा । तिमीलाई बोल्नै मौका
दिईन है । केही बोल निशा....रमेश आग्रह गर्छन ।
निशाः मेरो पनि त हजुरको जस्तै हाल छ नि...हजुरले भन्न
पर्छ र ।
फोन लव चलेको पनि अर्को बर्ष पनि थाहै नपाई
बितेछ तिनिहरुको । भेट नभएर फोनको भरमा माया
पिरती बसेको अचम्म लाग्दो छ । एक अर्का बिना बाँच्नै
नसकिने अवस्थामा पुगेका ती युगल जोडी समय र
परिस्थितीले गर्दा भेट हुन सकेको थिएन ।
धेरै दिन भो निशाले फोन नगरेको । उ तडपि रहेको थियो
। अनि आफैं फोन लगाउछ ।
रमेशः हेलो....केटाको आवाज सुनिन्छ ।
रमेशः निशालाई फोन दिन सकिन्छ ।
उताबाट एक्कासी जवाफ आउछः को बोलेको..।
रमेशः म निशाको साथी..अनि हजुर .....रमेश बिनम्र
पुर्वक सोध्दै थियो ।
....म निशाको श्रीमान् बोलेको...
रमेशः मजाक नगर्नुसन हजुर...प्लीज निशालाई फोन दिउन
।
....म निशाको श्रीमान् भनेको सुन्दैन ।
यसरी भना भनमा धम्कीका भाषाहरु प्रयोग हुन थाल्छ ।
एकले अर्कोलाई च्यालेन्ज दिन्छ । माया पिरतीबाट शुरु
भएको कहानी आज एक अर्कालाई सिध्याउने सम्म पुग्छ ।
यता मायामा घात भएको रनामा बौलाएको रमेशले
के गर्लान स्थितीले मोडहरु बदल्दै थियो । केही दिन पछि
निशाको श्रीमानले आफुबाट गल्ती भएको हुनाले
माफीको लागी रमेशलाई आग्रह गर्दै थिए । तर रिस
उठेको रमेशले निशालाईसंगै लिएर आए माफी दिने शर्त
तेर्साउछ । उताबाट मन्जुर गरे पछि केही दिन पछि रमेशले
दिउको स्थानमा ती दाम्पती जोडी आई पुग्छन । यता
रमेशले साथीहरु तयारीमा राखेका छन । केही परेको
खण्डमा आक्रमण गर्न । रमेश ती दाम्पती जोडी नजिक
पुग्छ । परिचय हुन्छ । पहिलो पटक रमेशले निशालाई चिन्छ
। उ छक्क पर्छ र केहि बेर टोलाउछ । निशाको श्रीमानले
माफी माग्छ । रमेशले तिनीहरुलाई माफ गरी दिन्छ ।
रमेशले मनमा भएका धेरै कुराहरु खोल्ने कोशिश गर्दै थिए तर
ती जोडीलाई देखेर किन किन रमेशको मन पग्लन्छ र
आफुलाई सम्हाल्छ । रमेशले मन परेको र माया गरेको केटी
रमेशको प्रेमी होईन....अरुको जिवन साथी थियो ।
त्यसैले कसैको जिवन र भावनासंग खेलवाड गर्ने
सोच...त्यसलाई परिवर्तन गरौं नत्र यस्ले ल्याउने
परिणामको कल्पना ज्वालामुखी भन्दा कम खतरनाक हुने
छैन । जिवन मजाक हैन...यसलाई सिरियसली लिऔ ।
यदि तपाँइलाइ प्रत्यक दिन नयाँ प्रेम कथा पढन मन लाग्छ भने यहाँ क्लिक गर्नुहोस अथवा हाम्रो मोबाईल एप डाउनलोड गर्नुहोस।
Monday, March 6, 2017
संदेश मुलक कथा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment