त्यतिबेला सन्त कबीर सानै थिए । एक दिन साथीहरूसँग खेल्दै थिए । एक साथीले अचानक कबीरलाई गिज्याउँदै भन्यो — तँ त बिना बाबुको सन्तान होस् रे । तेरा बाबा आमाले तँलाई खोलाको किनारमा फेला पारेका थिए रे । यो सुनेर कबीरलाई अचम्म लाग्यो । साथीलाई जवाफ फर्काउन सकेनन् । उनी तत्काल घर फर्के र आमालाई सोधे — आामा, म तपाइँको सन्तान होइन र ? म तपाइँको पेटबाट जन्मेको होइन र ?
आमा कबीरको कुरा सुनेर चकीत भइन् । उनले कबीरलाई काखमा बोलाउँदै भनिन् — कसले भन्यो मेरो सन्तान होइन भनेर ? तिमी मेरै सन्तान हौ । मेरै पेटबाट जन्मेका हौ ।
तर कबीरले पत्याएन् । उनी आमाबाट टाढै रहेर भने — तपाइँ झूठ बोल्नुहुन्छ । साथीहरू त तपाइँले मलाई खोलाको किनारमा फेला पारेको भन्छन् ।
साथीहरूले झूठ बोल्दैछन् । तिमी मेरै पेटबाट पैदा भएका हौ । आमाले ढाडस दिँदै भनिन् ।
तर कबीर आमाको कुरामा विश्वस्त हुन सकिरहेका थिएनन् । उनले जिद्धि गरेको देखेर आमाले भनिन् — बाबु, कसैले भन्यो भन्दैमा कुनै पनि कुरालाई पत्याइहाल्नु हुँदैन । पहिला त कुराको जडसम्म पुग्नु पर्छ । तब राम्ररी परख गरेर मात्र पत्याउनु पर्छ ।
कबीरलाई आश्वस्त पार्न आमाले जुक्ति अपनाइन् । उनले भनिन् — आउ मेरो काखमा बस ।
कबीर मानेनन् । आमाले भनिन् — नत्र म कथा सुनाउँदिन । अब भने कथा सुन्ने लोभले कबीर आमाको काखमा बसे । आमाले कथा भन्न थालिन् —
एक पटक एउटा धोबीले आफ्नो गधाको नाम ‘शंखेश्वर स्वामी’ राखेको थियो । गधाको स्वभाव कस्तो थियो भने हरेक विहान डाँडाको मन्दिरमा शंख बज्न थालेपछि गधा अचम्मसँग हिनहिनाउने गथ्र्यो । धोबीले सोच्यो सायद पूर्व जन्ममा यो गधा कुनै साधु—महात्मा हुँदो हो । धोबीले गधालाई शंखेश्वर स्वामी भनेर बोलाउन थाल्यो । हुँदाहुँदा गधा यही नामले प्रख्यात भयो । एक दिन कालगतिले गधा मर्यो । गधाप्रति एक खालको लगाव भइसकेकोले होला सायद, धोबीले रुँदै कराउँदै दाढी—कपाल खौरियो र रुन थाल्यो । बटुवाहरूले सोध्दा उसले शंखेश्वर स्वामीको मृत्यु भयो भन्यो । हो न हो शंखेश्वर स्वामी ठूलै महात्मा हुँदा हुन् भन्ठानेर बटुवाहरूले पनि श्रद्धावश शिर मुडाए र रुन थाले । कतिपय गाउँलेहरूले समेत त्यसै गरे ।
कान दो कान हुँदै खबर राजाको दरबारमा पनि पुग्यो । शंखेश्वर स्वामी मरे भन्ने सुनेर राजाले पनि शोक मनाउने र शिर मुडाउने तयारी गर्न थाले । रानी बडो बुद्धिमति थिइन् । उनले राजालाई सुझाइन् — कुनै कुरालाई विश्वास गरिहाल्नु पहिला त्यसको सत्यता बुझ्नु उपयुक्त हुन्छ, विषयवस्तुको जडसम्म पुग्नु हितकर हुन्छ । अतः शिर मुडाइहाल्नु पहिला शंखेश्वर स्वामी को थिए भन्ने पत्तो गर्नुहोस् । ‘हो, ठीक भन्यौ’ भन्दै राजाले तत्क्षण भारदारहरूलाई शंखेश्वर स्वामी को थिए, कहाँका निवासी थिए पत्तो लगाउन पठाए । भारदारहरू सोध्दै खोज्दै धोबीको घाटसम्म आइपुगे र ऊसँग शंखेश्वर स्वामी को थिए भनेर सोधे । धोबीले भन्यो — शंखेश्वर स्वामी त गधा थिए जसले दश वर्ष मेरो सेवा गरे ।
शंखेश्वर स्वामीको असलियत थाहा पाएपछि राजाले भने — ‘धत्तेरी !’ धन्न घटनाको मूलसम्म पुग्नाले ठुलै गलफतबाट बचियो । गहिराइसम्म खोजबीन गरेर यथार्थ पत्तोलगाउनु बुद्धिमत्ताको परिचायक हो । कथाका राजालाई आफ्नी रानीको बुद्धिमानीप्रति गर्व भयो । उनले रानीको प्रशंसा गर्दै भने, ‘तिमीजस्ती बुझ्झकी रानी पाएर हामीलाई बडा सन्तोष भएको छ । तिमीसँग जीवन बिताउनुको मजै बेग्लै ।’
रानी मुसुक्क हाँसिन् र भनिन्, ‘मलाई धेरै फुक्र्याउन पर्दैन । कसैको प्रशंसामा समय खेर फाल्नुभन्दा बरु उसका गुणहरूलाई आफ्नो जीवनमा अपनाउने चेष्टा गर्नु अधिक बुद्धिमानी हो ।’ रानीको सुझबुझ देखेर राजा फेरि पनि नतमस्तक भए ।
यदि तपाँइलाइ प्रत्यक दिन नयाँ प्रेम कथा पढन मन लाग्छ भने यहाँ क्लिक गर्नुहोस अथवा हाम्रो मोबाईल एप डाउनलोड गर्नुहोस।
Monday, April 10, 2017
शंखेश्वर स्वामीको मृत्यु
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment